हिमालयन शेर्पा र एनआरटीको बराबरी

हिमालयन शेर्पा र एनआरटीको बराबरी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आइतबार न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन्। दशरथ रंगशालामा भएको खेलको पलिहो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दिवस उराउले ५२औं मिनेटमा गोल गर्दै शेर्पालाई ०–१ गोलको अग्रता दिलाएका थिए। तर, त्यसको तीन मिनेट नबित्दै दीपेश आले मगरले एनआरटीका लागि बराबरी गोल फर्काए।

बराबरीसँगै २४ खेलबाट ३१ अंक जोडेको हिमालयन शेर्पा क्लब लिग तालिकाको सातौं स्थानमा छ। समान खेलबाट ३० अंक जोडेको एनआरटी नवौं स्थानमा छ।

आजै च्यासल रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो।

यस्तै, एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा क्लबले एफसी खुमलटारलाई ०–३ को नतिजामा पराजित गर्यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.