एर्दोगानले गरे टर्कीको राष्ट्रपतिको तेस्रो कार्यकालको सपथ ग्रहण

एर्दोगानले गरे टर्कीको राष्ट्रपतिको तेस्रो कार्यकालको सपथ ग्रहण

टर्कीको आर्थिक सङ्कट चर्किरहेको बेला आफ्नो दुई दशक लामो शासन लम्ब्याउन एर्दोगान तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

अङ्कारा : टर्कीको राष्ट्रपति रेसेप तैयप एर्दोगानले तेस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिएका छन् । 

टर्कीको आर्थिक सङ्कट चर्किरहेको बेला आफ्नो दुई दशक लामो शासन लम्ब्याउन एर्दोगान तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। 

उनले टर्कीको उन्नतिको लागि सबै देशबासीको मन जित्ने गरी निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गर्ने बताए। उनले सपथ ग्रहणपछि पत्रकारसँग भने, 'राष्ट्रपतिको रूपमा महान टर्की राष्ट्रको अगाडि म मेरो सम्मान र निष्ठाको कसम खान्छु । राज्यको अस्तित्व र स्वतन्त्रताको रक्षा गर्न मैले सबै शक्तिको साथ काम गर्न  र निष्पक्ष रूपमा मेरो कर्तव्य पूरा गर्न लागि पर्नेछु ।'

संसदको उद्घाटनपछि राजधानी अङ्कारास्थित राष्ट्रपतिको कार्यालयमा विश्वका दर्जनौं नेताको सहभागिता भव्य समारोहबीच उनले पदबहाली गरेका हुन्।  

गत फेब्रुअरीमा गएको विनाशकारी भूकम्पका कारण ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको, कोभिड तथा युक्रेन युद्धका कारण व्याप्त वैश्विक आर्थिक सङ्कट र आक्रोशका बाबजुद एर्दोगानले शक्तिशाली विपक्षी गठबन्धनविरुद्ध मे २८ मा भएको निर्वाचनमा विजय हासिल गरेका थिए। 

एर्दोआनले ५२.१८ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका धर्मनिरपेक्षवादी प्रतिद्वन्द्वी केमल किलिकडारोग्लुले ४७.८२ प्रतिशत मत प्राप्त गरेका थिए।

टर्कीका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेताले आफ्नो तेस्रो कार्यकालमा सुस्त अर्थतन्त्र र पश्चिमा मुलुकसँगको तनावलगायत महत्वपूर्ण तात्कालिक चुनौतीको सामना गर्नुपरेको छ । 

बीसीए रिसर्चका प्रमुख भूराजनीतिक रणनीतिकार म्याट गर्टकेनले एर्दोगानका चुनौतीबारे भने, 'भूराजनीतिक दृष्टिकोणबाट हेर्दा यो निर्वाचनले टर्कीको स्वतन्त्र विदेश नीतिको पछिल्लो प्रयासलाई बलियो बनाउनेछ । यो नीतिको उद्देश्य पूर्वीय र निरंकुश राज्यहरूबाट अधिकतम आर्थिक र रणनीतिक लाभ प्राप्त गर्नु हो र अझै पनि पश्चिमी लोकतन्त्रहरूसँगको सम्बन्धमा स्थायी दरार आउनबाट रोक्नु हो । पश्चिमा मुलुकसँगको तनाव फेरि बढ्नेछ । ' 

देशको आर्थिक समस्याहरूलाई सम्बोधन गर्नु एर्दोगानको पहिलो प्राथमिकता हुनेछ । आंशिक रूपमा विकासलाई प्रोत्साहित गर्न ब्याज दरहरू कटौती गर्ने उनको नीतिको कारण टर्कीमा मुद्रास्फीति ४३.७० प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.