बर्दिबासमा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा

बर्दिबासमा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा
सुन्नुहोस्

बर्दिबास : माथि चुरे क्षेत्र, तल तराईका भूभाग, त्यसैले महोत्तरी लगायत तराईका जिल्लामा सर्पदंशका बिरामी अत्यधिक हुन्छन्। तर, उपचारका लागि भेन्टिलेटर नहुँदा काठमाडौं नपुर्‍याए बचाउन गाह्रो हुन्छ। यही गाह्रो अवस्थालाई बर्दिबास जनसेवा अस्पतालले सहज बनाएको छ सुविधासम्पन्न अस्पताल खोलेर। जसकारण सर्पको टोकाइबाट मात्रै होइन अन्य रोग र दुर्घटनाबाट हुने मृत्युदरलाई पनि घटनाउन अस्पतालले महत्त्वपूर्ण भूमिका खेलेको छ। 

जनसेवाले तीन करोडको लागतमा भेन्टिलेटरसहितको उपचार सेवा सञ्चालनमा ल्याएपछि स्थानीय दंग छन्। यहाँ अस्पताल निर्माण भएसँगै नागरिकमा खुसी छाएको नेपाल रेडक्रस उपशाखा बर्दिबासका अध्यक्ष सुदीप कार्की बताउँछन्। हस्पिटलका अध्यक्ष सुमन भुजेलका अनुसार २ सेट भेन्टिलेटर, ६ वटा बच्चाका लागि एनआईसीयू र ६ वटा ठूला मान्छेका लागि आईसीयू कक्षको व्यवस्थापन गरिएको बताए। 

हस्पिटल निर्माणसँगै उपचारमा सहयोग पुग्ने बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षत्री बताउँछन्। ‘सर्पदंश उपचार केन्द्रको नजिकमा भेन्टिलेटरसहितको सुविधाले स्थानीयलाई खुसी तुल्याएको छ’, उनले भने, हाम्रो क्षेत्रमा सर्पदंशको अत्यधिक घटना हुन्छ। भेन्टिलेटरसहितको सुविधा खोजीमा घाइतेहरूको अकालमै मृत्यु हुन्छ। सर्पदंश उपचार केन्द्र नजिकैको हस्पिटलमा भेन्टिलेर जडान भयो। अब सर्पदंशबाट घाइते भएकाहरूको प्राण बचाउन सहज हुन्छ।’

आउँदा आर्थिक वर्षमा बजेट विनियोजन गरेर बर्दिबास अस्पताल (सरकारी) अस्पतालमा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना रहेको उनले सुनाए। एक अध्ययनका अनुसार महोत्तरीको बर्दिबासको चुरे क्षेत्र विषालु सर्पको राजधानी हो। यहाँ बर्सेनि सर्पको टोकाइले गम्भीर घाइते भई भेन्टिलेटरको अभावमा दर्जनांैको ज्यान जाने गरेको छ।

बर्दिबास जनसेवा हस्पिटलमा भेन्टिलेटर जडान भएपछि  गम्भीर अवस्थामा पुगेका अन्य गम्भीर प्रकृतिका बिरामी र अप्रेसन गर्नु प्रकृतिका रोगको उपचार पनि स्थानीय स्तरमै उपचार हुने भएको छ। महेन्द्र राजमार्ग र बीपी राजमार्गको केन्द्रमा अस्पताल पर्ने भएकाले यहाँ हुने सवारी दुर्घटनाका घाइतेहरूको उपचारमा पनि सहयोग पुग्ने हस्पिटलका अध्यक्ष भुजेलको भनाइ छ। 

‘हामीले विगत १५ वर्षदेखि स्वास्थ्य सेवामा काम गर्दै आएका थियौं। कहिले प्राविधिक जनशक्तिको कमी त कहिले उपकरणको अभाव त कहिले सरकारी प्रक्रियाले समय खायो’, उनले भने, ‘तर निकै मेहनत गरेर तीन करोडको लागतमा हामी भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सञ्चालनमा ल्याउन सफल भयौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.