बिरामीलाई सहज उपचार व्यवस्था मिलाउन अस्पताललाई निर्देशन

बिरामीलाई सहज  उपचार व्यवस्था मिलाउन अस्पताललाई निर्देशन
सुन्नुहोस्

काठमाडौंः स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रूपमा उपचार गर्ने व्यवस्था मिलाउन विभिन्न अस्पताललाई निर्देशन दिएका छन्। 

शुक्रबार काठमाडौंको गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको अनुगमन गर्दै मन्त्री बस्नेतले सहज रूपमा उपचार गर्नका गर्ने वातावरण बनाउन निर्देशन दिएका हुन्।

उनले गंगालाल अस्पतालमा रहेका उपकरणहरूको प्रयोग, बिरामीलाई दिइने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिएका थिए। उपचारका लागि आएका बिरामीहरूसँग पनि कुराकानी गरेका थिए। 

यसअघि दिएको निर्देशन अनुसार अस्पतालको सेवाको सुधार देखिएको बताए। विभिन्न अस्पतालहरूमा गुणस्तरीय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको बताए। 

मन्त्री बस्नेतले सरकारी र निजी अस्पतालको उपचारको सेवा शुल्कमा एकरूपता ल्याउन पहल गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.