मेडिकल विश्वविद्यालय माग गर्दै प्रदर्शन

मेडिकल विश्वविद्यालय माग गर्दै प्रदर्शन

धनगढी : ६ सय श्ययाको अस्पतालसहित साढे ५ अर्बका संरचना तयार भइसकेको गेटा मेडिकल कलेजका बारेमा नीति तथा कार्यक्रम र बजेटमा फरक–फरक कुरा आएपछि स्थानीय आन्दोलित भएका छन्। मेडिकल कलेज सञ्चालन रोक्न माफियाहरू लागि परेको भन्दै उनीहरूले सरकारको आलोचना गरेका छन् भने कैलालीको अत्तरियामा चक्काजाम समेत गरेका छन्। 

जेठको ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गेटमा मेडिकल विश्वविद्यालय बनाउने कुरा उल्लेख छ। उनले भनेका छन्, ‘गेटा विश्वविद्यालयसम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत गरिनेछ। उक्त अस्पताल यसै वर्ष सञ्चालनमा ल्याइने छ।’ तर नीति तथा कार्यक्रमको ९ दिनपछि अथवा जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण मतहले प्रस्तुत गरेको बजेट वक्तव्यमा भने गेटामा सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने र एक सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने कुरा उल्लेख भएपछि स्थानीय विरोधमा उत्रिएका हुन्।

अर्थमन्त्री महतले बजेट वक्तव्यमा भनेका छन्, ‘गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ। गेटा अस्पताललाई एक सय श्ययाका रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेटको व्यवस्था गरेको छु।’

नीति तथा कार्यक्रममा मेडिकल विश्वविद्यालय आएपछि खुसी भएका सुदूरपश्चिमवासीहरू बजेट वक्तव्यमा प्रतिष्ठानको कुरा आएपछि आन्दोलित भएका हुन्। यस क्षेत्रका राजनीतिक दलका नेताहरूको माग पनि गेटामा मेडिकल विश्वविद्यालय बनाउने माग थियो। मेडिकल कलेजको पूर्वाधारको निरीक्षणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि गेटामा मेडिकल विश्वविद्यालय नै बनाउने प्रतिबद्धता गरेका थिए। पुस २९ गतेको मन्त्रीपरिषदको बैठकले पनि गेटामा मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरेको छ। 

मेडिकल कलेजको पूर्वाधारका लागि खटिएका नेता लेखराज भट्ट भन्छन्, ‘वर्तमान सरकार स्वास्थ्य माफियाको चंगुलमा फसेको छ। सरकार गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न नै चाहँदैन। नीति तथा कार्यक्रममा एउटा कुरा आउनु र बजेट भाषणमा अर्को कुरा आउनु भनेको यस क्षेत्रका जनतालाई अल्झाउनु बाहेक केही होइन।’ उनले सरकारले फरक–फरक रुपमा गरेको निर्णय सच्याएर मेडिकल विश्वविद्यायय बनाउनु पर्ने माग गरे।

मेडिकल कलेज सञ्चालनका लागि गठन भएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे, यसै क्षेत्रबाट पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवालाईसमेत गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि चासो नभएको आरोप लगाउँछन्। उनी भन्छन्, ‘म त यस क्षेत्रका नेतृत्वमा बसेका नेताहरूलाई नै दोष दिन्छु। उनीहरूलाई यस क्षेत्रको मेडिकल शिक्षा र स्वास्थ्य सेवाको चासो छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.