लन्डनमा नेपाली मूलका उपमेयर

लन्डनमा नेपाली मूलका उपमेयर
सुन्नुहोस्

लन्डन  : नेपालीहरूको उल्लेख्य बसोबास रहेको लन्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट उपमेयर (डेपुटी मेयर) निर्वाचित भएका छन्। 

एक वर्षअघि सो बरोमा नेपाली समुदायबाट पहिलो काउन्सिलर निर्वाचित उनले आगामी एक वर्षलाई उपमेयरको जिम्मेवारी प्राप्त गरेका हुन्। 

बुधबार बेलुका वुल्लीच टाउन हलमा आयोजित एक विशेष समारोहमा रानाभाटले उपमेयरको शपथ लिँदै औपचारिक पदभार ग्रहण गरे।

बरोका नयाँ मेयर समेतको शपथ तथा पदभार ग्रहण समारोहमा शुभकामना दिन स्थानीय नेपाली समुदायका कयौं प्रतिनिधि तथा अभियन्ता पनि सहभागी थिए। 

गत वर्ष लन्डनको रोयल बरोमा नेपाली मूलबाट पहिलोपटक काउन्सिलर निर्वाचित हुन सफल रानाभाटले अहिले फेरि पहिलो उपमेयरको रुपमा जिम्मेवारी ग्रहण गरेकोमा स्थानीय नेपाली समुदायले गौरव र उत्साह महशुस गरेको छ।  

यसअघि रोयल बरो अफ ग्रीनवीचमा लेबर पार्टीका काउन्सिलरहरूबीच भएको प्रतिस्पर्धामा अन्यलाई पछि पार्दै रानाभाट उपमेयर निर्वाचित बनेका हुन्। 

उपमेयरमा निर्वाचित रानाभाटले बरोमा प्रमुख रहने मेयरको डेपुटीका रुपमा आफ्नो भूमिका निर्वाह गर्नेछन्। 

औपचारिक पदभार ग्रहणपछि उनले भने, ‘मेयरले समग्रमा बरोको नेतृत्व गर्नुहुन्छ। उहाँको अनुपस्थितिमा उपमेयरको रुपमा त्यही जिम्मेवारी सम्हाल्नेदेखि नियमित रुपमा पनि नगरको उपप्रमुखको रुपमा मेरो भूमिका रहनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.