ए डिभिजन क्लबले लिग सकिएपछि मात्रै खेलाडी बन्द प्रशिक्षणमा पठाउने

ए डिभिजन क्लबले लिग सकिएपछि मात्रै खेलाडी बन्द प्रशिक्षणमा पठाउने
सुन्नुहोस्

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका क्लबहरूले बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरू लिग सकिएपछि मात्रै खेलाडी उपलब्ध गराउने निर्णय गरेका छन्।

ए डिभिजन लिगका १० क्लबहरूले बिहीबारको भेलाबाट साफ च्याम्पियनसिपका लागि बोलाइएका खेलाडी लिग सकिएपछि मात्रै उपलब्ध गराउने निर्णय गरेका हुन्।

छलफलमा फ्रेन्ड्स क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, एनआरटी, एफसी खुमलटार, सातदोबाटो युथ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज क्लब र थ्री स्टार क्लबका प्रतिनिधिहरूको उपस्थिति थियो।

पटक पटक ताकेता गर्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबहरूको भेलाले पुरानो तयारी खर्च दोस्रो किस्ता, म्याच मनी र प्लेयर अफ दी म्याचको रकम उपलब्ध नगराएकाले जेठ १९ गतेदेखि विरोध गर्ने पनि निर्णय गरेका छन्।

विरोध स्वरुप सबै क्लबका खेलाडी, पदाधिकारीले कालो पट्टी बाँधेर खेललाई निरन्तरता दिने निर्णय भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.