जोमसोमबाट ७३ हजार नगदसहित ६ जुवाडे पक्राउ

जोमसोमबाट ७३ हजार नगदसहित ६ जुवाडे पक्राउ
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा नगद ७३ हजार नगदसहित ६ जुवाडे पक्राउ परेका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित काठेपुल नजिक कुलमान सिंह थापाले सञ्चालन गरेको हाम्रो होटलमा मंगलबार साँझ करिब ७ :३० बजेतिर जुवातास खेल्दै गरेका  ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा तनहु शुक्लागण्डकी न.पा.२ बस्ने ३४ वर्षीय कृष्ण गुरुङ, तनहु म्यादे गापा—५ बस्ने ३१ वर्षीय राजेन्द्र थापा, स्याङ्जा विरुवा गापा— १ बस्ने ४७ वर्षीय टापबहादुर थापा, स्याङ्जा पुतली बजार न.पा. ११ बस्ने ४४ वर्षीय धनबहादुर गुरुङ र स्याङ्जा विरुवा गापा—४ घर भई घरपझोङ—४ जोमसोम काठेपुल नजिक होटल संञ्चालन गरी बस्ने ४६ वर्षीय होटल संञ्चालक कुलमान सिंह थापालाई प्रहरीले पक्राउ गरेको हो ।

जोमसोमस्थित काठेपुल नजिक हाम्रो होटलमा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीलाई जानकारी गराइपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो ।

प्रहरीले होटलमा जुवातास (म्यारिज) खेलिरहेको अवस्थामा फेला पारी जुवा खालबाट नगद ७३ हजारसहित ३ बुक तास बरामत गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

प्रहरीले जुवा खेलाउने घरधनीसहित जुवातास खेल्ने ६ जनालाई जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट हिरासतमा राख्ने अनुमती लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.