सहिद स्मारक ए डिभिजन लिग : जावलाखेलसँग त्रिभुवन आर्मी पराजित
काठमाडौं : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो। जावलाखेलको जितमा एनकोटो मासोबी खेलको ५५ र ७८ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै जावलाखेलले २३ खेलमा ३७ अंक जोडेको छ, समान खेल खेलेको आर्मीको ३० अंक रहेको छ।