आइसीयुमा उपचारत छोरीका लागि बावुले मागे आर्थिक सहयोग

आइसीयुमा उपचारत छोरीका लागि बावुले मागे आर्थिक सहयोग
नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेकी जाजरकोटकी कमला विक। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जाजरकोट : जाजरकोट भेरी नगरपालिका ७ पुन्माका वीरबल कामीकी १४ वर्षीया छोरी कमला विकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । यद्यपी,उपचारमा दिनहुँ हजारौं रुपैया खर्च हुन थालेपछि वीरबल निकै तनाबमा छन् ।

कमललाई गत जेठ ८ गते एक्कासी पेट दुख्न थालेपछि उपचारका लागि मेसिन अस्पताल चौरजहारी लगिएको थियो । चौरजहारीले आन्द्रामा समस्या देखिएको भन्दै सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरिदिएको थियो । रेफर पछि कोहलपुर लगिएकी उनको आइसीयुमा राखेर उपचार भइरहेको छ ।

दैनिक ४० हजार रुपैयाँसम्म खर्च हुन्छ ।  विकले भने,‘घरबाट आउँदा साहुबाट ऋण काढेर ल्याएको केही रकम थियो सबै सकियो । अहिले म सँग एक सुको पैसा छैन । अहिले मलाई न साहुले ऋण पत्याउँछन् । अब थप उपचार कसरी गरुँ  ।’

सम्पतीको नाममा वीरबलको सानो एउटा पाखोवारी छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनी जवान हुन थालेकी छोरीको उपचारमा लाखौं रकम खर्च हुने भएपछि निकै चिन्तामा परेका छन् । साहुले पत्याउने भए ऋण काढेर पनि छोरीको उपचार गर्थे तर धेरै ठाउँ हारगुहार गरे कसैले पत्याएनन् । 'म अब के गरुँ  छोरीको उपचार कसरी गरुँ,' उनले दुखित हुँदै भने, ‘कसैले सहयोग गरिदिए मेरी छोरीको ज्यान बच्ने थियो म उसलाई बचाउन चाहन्छु ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.