रूसको रौनक

नियात्रा

रूसको रौनक
रेडस्क्वायर । तस्बिर : नरेन्द्र साउद
सुन्नुहोस्

झिसमिसेमा भ्लुकोभो अन्तर्राष्ट्रिय विमानस्थल चुम्दै गर्दा लाग्थ्यो– आँखा झिमिक्क नगरी मस्को जागै बसेको छ।

झिसमिसे नै थियो। तर, आकाशबाट हेर्दा लाग्थ्यो–मस्कोलाई रात परेकै छैन। आँखा झिमिक्क नगरी जागै बसेको छ। फ्लाई दुबईले जब मस्कोस्थित भ्लुकोभो अन्तर्राष्ट्रिय विमानस्थल चुम्दै थियो– जताजतै बत्तीको झिलिमिलीले चिटिक्क परेकी बेहुली झै सुन्दर लाग्थ्यो, मस्को। अग्ला भवन र फराकिला सडकहरू चम्किला र लोभलाग्दा देखिन्थे।

 

सगरमाथा र बुद्धभूमिबाट सात जनाको टोली मस्को यात्रामा निस्केका थियौं। मे ७ को बिहान पौने चार बजे (स्थानीय समयअनुसार) भ्लुकोभो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यौं। दुबई ट्रान्जिट थियो। दुबईबाट मस्कोका लागि उडेको फ्लाई दुबईमा नेपाली टोलीबाहेक सायद अरू सबै आन्तरिक यात्री थिए। त्यसकारण पनि मनमा निकै खुल्दुली थियो– शोभियत संघको बेला विश्वकै शक्तिशाली रसियाको अवस्था के होला ?

 

रूस–युक्रेन द्वन्द्वपछिको मस्को कस्तो होला ? मस्कोबारे आमनागरिकको जीवनमा द्वन्द्वको प्रभाव कस्तो होला ? त्यहाँ रहेका नेपालीले कस्तो महसुस गरिरहेका होलान ? लगायतका थुप्रै प्रश्न र जिज्ञासाको भारी मनमा थियो। भ्लुकोभो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि केहीबेर अध्यागमनका अधिकारीले सोधपुछ गरे। त्यसपछि सुरु भयो– मस्को यात्रा।
 

तर, एयरपोर्ट बाहिर टाउको मात्रै के निकालेको थिएँ–मुटु कपाउने चिसो, हावाको बेग उस्तै। हामीलाई लिन आएको गाडीभित्र हतार–हतार पस्यौं। बाक्लो ज्याकेर र टोपीले टाउको र कान छोपेपछि मात्रै न्यानोको महसुस गरियो। काठमाडौंमा झन्डै ३० डिग्री तापक्रममा घुलमिल ज्यानलाई एकाएक ‘जिरो डिग्री’ तापमान सहन गर्न एकछिन गाहे हुने नै भयो। त्यसमाथि रातभरीको जहाजको अनिदो यात्रा।
 

एयरपोर्टबाट हाम्रो गाडी अघि बढ्यो। पथप्रदर्शक (गाइड) थिइन्– अन्ना। सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मभूमिको चर्चा गर्‍यौं। नेपालबारे अन्ना पनि जानकार रहेछिन्। गाडीमा होटलतिर जाँदै गर्दा अन्नाले लेनिन, स्टालिन, अलेक्जेन्डरका पालाका ठुल्ठूला भवन संरचनाबारे जानकारी गराइन्। जता हेर्‍यौं, उतै उस्ता भवन। फराकिला र सुग्घर बाटाघाटा। सडक छेउमा रुखका लहर। हरियाली र सुन्दरता देख्दा लाग्थ्यो– धुँवा–धुलो खान त हामी मात्रै जन्मेका हौ।null
कम्युनिस्ट नेता लेलिनको शालिक

त्यस दिन होटलमा बिहानको खाजा खाएर हामी फेरि मस्को सहरको यात्रामा निस्क्यौ। कुनै बेला नेपाली विद्यार्थीको प्रमुख गन्तव्य थियो– रूस। शोभियत संघका बेला नेपालबाट डक्टर, इन्जिनियर पढ्न जानेको प्रमुख रोजाई नै रूस थियो। सन् १९९१ मा शोभियत संघ विघटनपछि मात्रै नेपाली विद्यार्थीहरूको रोजाइमा अमेरिका, युरोप, अष्ट्रेलिया पर्न थालेका हुन्।
रूसलाई ‘फेक न्युज’को भारी

रूस भ्रमणका क्रममा त्यहाँका महत्वपूर्ण सञ्चारमाध्यमको भ्रमणसँगै सञ्चारकर्मीसँग साक्षात्कारको मौका मिल्यो। रूसको प्रख्यात रसियन टुडे टिभी च्यानल (आरटी) र स्पुनितिक न्युज एजेन्सीका प्रतिनिधिसँग छलफल भयो। आरटी च्यानलले ६ वटा भाषामा समाचार र डकुमेन्ट्री प्रसारण गर्ने रहेछ। तर, युक्रेन द्वन्द्वपछि अमेरिका र युरोपलगायत पश्चिमा मुलुकमा त्यसको प्रसारणमा रोक लगाइएको रहेछ। तर, अनौठो कुरा, उक्त टिभी च्यानलमा पश्चिमा मुलुकमा घर भएका पत्रकार पनि कार्यरत रहेछन्। हाम्रो टोलीलाई न्युज रुमभित्र फोटो र भिडियो नखिचिदिन आग्रह गरियो। ‘पेसाभन्दा पनि हाम्रा साथीहरूको जीवन रक्षा महत्वपूर्ण हो–आरटी च्यानलकी वरिष्ठ उत्पादक लाना अलेक्स्यानड्रोभाले भनिन्– समयको संवेदनशीलता र जीवन रक्षाका विषयमा सञ्चारकर्मी सचेत हुनैपर्छ।’ अलेक्स्यानड्रोभाले पछिल्लो समय रूसका सञ्चारमाध्यम भोगिरहेका कठिनाइबारे उल्लेख गर्दै ‘पश्चिमा मुलुकले रूसबारे ‘फेक न्युज’ उत्पादन गरेर हैरान बनाइरहेको बताइन्। उनले नेपाली प्रेससँग सहकार्य गर्न आफूहरू तयार रहेको बताइन्। आरटीका भव्य स्टुडियो र प्रयोग भइरहेका टेक्नोलोजीको सञ्चारकर्मीलाई नलोभ्याउने कुरै भएन।
 

त्यसैदिन नेपाली टोलीले स्पुतनिक न्युज एजेन्सीको भ्रमण गर्दै त्यहाँका वरिष्ठ सञ्चारकर्मीसँग अन्तरक्रिया गर्‍यांै। स्पुतनिकका अन्तर्राष्ट्रिय विभाग निर्देशक भेसिली पुसकोभले पछिल्ला दिनमा रूसका प्रेसले भोगिरहेका समस्याबारे जानकारी गराए। ‘फेक न्युज, आर्थिक समस्या र युट्युबको बढ्दो प्रयोगले यहाँका सञ्चारमाध्यम संकटको सामना गरिरहेका छन्,’ भेसिलीले भने, ‘हुन त यो समस्या विश्वव्यापी नै छ जस्तो छ।’ पछिल्ला दिनमा पश्चिमा मुलुकका सञ्चारमाध्यमले रूसविरुद्ध गलत समाचार प्रकाशन र प्रसारण गरिरहेको उनले बताए। रूसले पनि पश्चिमा मिडियाप्रति कडाइ गरेको छ। अर्कोतिर फेसबुक र ट्वीटरले आफ्ना सेवा रूसमा बन्द गरेका छन्। ‘पश्चिमा मिडिया र सामाजिक सञ्जालको नाकाबन्दीविरुद्ध हामी अन्तर्राष्ट्रिय रूपमा लडाइँ लडिरहेका छौं,’ रूसको विदेश मन्त्रालयका एक अधिकारीले भने।

nullरूसको विदेश मन्त्रालय

‘भिक्ट्री पार्क’ घुम्दै जाँदा भेटिइन्– मेरिन्ना भ्यासेमिरकाया। उनि युक्रेनकी बासिन्दा हुन्। प्रसूतिका लागि उनी युक्रेनको एक अस्पतालमा भर्ना भएकी थिइन्। त्यही बेला अस्पतालमा बमबारी भयो। रूसले हेलिकोप्टरमार्फत अस्पतालमा बम हानेको भन्दै मिडियाहरूले समाचार प्रशारण गरे। आफूले ‘हेलिकोप्टर नदेखेको’ प्रतिक्रिया मिडियालाई दिएको तर, मिडियाले समाचार बंग्याएको उनको दाबी छ। ‘न्यायका लागि मेरो लडाइँ जारी छ,’ उनले बताइन्। घुम्दै जाँदा एक जना भारतका पत्रकार पनि भेटिए। उनी द्वन्द्वग्रस्त युक्रेनबाट मस्को फर्केका रहेछन्। युक्रेनमा भइरहेको द्वन्द्व, रूसका जनताको व्यवहार, शैली र रूसका मिडियाबारे उनले गराएको जानकारी निकै लाभदायक रह्यो। साथै, रूसकी स्वतन्त्र पत्रकार सानियाले रूसबारे जान्न र बुझ्नका लागि प्रयाप्त जानकारी गराइरहेकी थिइन्।

दोस्रो विश्वयुद्ध सफलता हासिल गरेपछि शोभियत संघकै पालमा रूसले आर्थिक र भौतिक विकासमा निकै 
फड्को मारेको थियो। त्यसबेलाका भौतिक संरचना नै आधुनिक रूसका विकास र समृद्धि​​​​​​का पिलर हुन्।


अन्तरिक्ष पुगेको आभाष
रूसले आर्थिक र भौतिक क्षेत्रमा मात्र होइन, अन्तरिक्ष अन्वेषणमा पनि उत्तिकै प्रगति गरेको छ। अन्तरिक्ष अन्वेषणमा समर्पित यो म्युजियम पर्यटक र विज्ञानका विद्यार्थीको आकर्षणको केन्द्र हो। युरिन ग्रागीका पालादेखिका रकेटदेखि सिंगो पृथ्वीको बनोटसम्मका सामग्री त्यहाँ छन। अन्तरिक्षमा रकेट कसरी उड्छन् ? चन्द्रमामा मान्छेले कसरी पाइला टेकेको थियो ? अन्तरिक्षमा पु्ग्न के कस्ता प्रविधिको प्रयोग हुन्छ ? लगायतका भिडियो र सामग्री देख्दा अन्तरिक्ष पुगेकै आभाष हुन्छ। हुन त, हाम्रोमा पनि विज्ञान तथा प्रविधि मन्त्रालय छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) छ, तर नाम मात्रैको। विज्ञान, प्रविधि र अन्तरिक्ष अन्वेषणमा रूसले गरेका प्रगतिहरू हाम्रा लागि त सपना झै लाग्छन।

‘क्रुज’ को मज्जा
मस्को नदीको ‘वेस’ मा छ, रूसको राजधानी मस्को। यो नदी जति शान्त छ, सहरको सुन्दरतामा गहना नै मानिन्छ। सफा र शान्त नदीमा रूसले ‘क्रुज’ हरू सञ्चालन गरिरहेको छ। क्रुजमार्फत मस्कोलाई नजिकबाट नियाल्न पाउँदाको आनन्द अर्कै हुन्छ। त्यहाँ पुग्ने जो कोही पर्यटकको रोजाइमा क्रुज यात्रा पर्ने गरेको छ। यस्तै, रूसको पुरानो राजधानी सेन्ट पिटर्सवर्ग स्थित ‘नेभा रिभर’ मा रातको समयमा हुने ‘पुल प्रदर्शनी’ पनि आन्तरिक र वाह्य पर्यटकको मुख्य रोजाईमा पर्ने गरेको छ। राति १ देखि ५ बजेसम्म नेभा नदीका चारवटा पुल खुल्ने रहेछन्। त्यो समयमा ठुल्ठूला पानी जहाज वारपार गर्ने गर्छन। ‘क्रुज’ मा बसेर पुल खुलेको दृश्य हेर्न आन्तरिक र वाह्य पर्यटकको घुइँचो लाग्छ।

 

नेपालसँग आर्थिक र विकासमा साझेदारी
रूसले नेपाललाई आर्थिक र विकासमा साझेदारी गर्न चाहेको छ। यसको जनाउ उसले केही अघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाको भ्रमणका क्रममा गराइसकेको छ। रूसले काठमाडौंमा मेट्रो रेल निर्माण, पूर्व पश्चिम रेल निर्माण, हाइड्रोपावर र कृषि मलमा सहयोगको प्रस्ताव गरिरहेको छ। गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष बद्री केसीले नेपालको विकास र समृद्धिमा सहयोग गर्न रूस निकै इच्छुक रहेको बताए। नेपाली टोलीको स्वागतमा एनआरएनले गरेको कार्यक्रममा केसीले ठुल्ठूला भौतिक संरचना निर्माणमा रूसले ‘चमत्कार’ नै गरेको भन्दै रूसको सहयोग लिएर नेपालले मेट्रो रेल, हाइड्रोपावर लगायतका ठुल्ठूला विकासका संरचना बनाउनुपर्ने बताए।

 

एनआरएन रूसमा २ हजार सदस्य छन्। अनौपचारिक रुपमा ‘लुकेर र भागेर’ काम गर्ने नेपालीको संख्या रूसमा धेरै छ। न्यूनतम मासिक १ लाख नेपाली रुपैयाँ कमाई हुने रूस पछिल्ला दिनमा पश्चिम युरोपमा लुकेर काम गर्न जानेहरूको ‘ट्रान्जिट प्वाइन्ट’ पनि बन्ने गरेको छ।  वर्किङ भिसा बिनै लुकेर काम गरिरहेका केही नेपाली युवाहरू युक्रेन द्वन्द्वपछि रूसको सेनामा भर्ना भएका छन। सेनाको ६ महिनाको तालिमपछि रूसको नागरिकतासहित उनीहरूलाई द्वन्द्व क्षेत्रमा खटाउने गरिएको छ। अन्तरिक्ष प्रविधि, सैन्य उपकरण, कप्म्युटर उपकरण, रसायन र जीव विज्ञान तथा उड्डयन क्षेत्रमा रूसले पहिले शोभियतकालमै निकै विकास गरेको थियो। वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन सन् १९९९ देखि शक्तिमा आए। पुराना इतिहासलाई संग्रह गरेर रूसले इतिहासलाई जोगाएको छ। दर्जनौं पार्क, माक्र्स, लेनिन, स्टालिनका शालिकले रूसको रौनकतामा मलजल गरेका छन्।nullकार्ल मार्क्सको शालिक

दोस्रो विश्वयुद्धमा सफलता हासिल गरेपछि शोभियत संघअन्तर्गत रूसले आर्थिक र भौतिक विकासमा निकै फड्को मारेको थियो। त्यसबेलाका भौतिक संरचना नै आधुनिक रूसका विकास र समृद्धिका पिलर हुन्। गहना र सुन्दरता हुन। दोस्रो विश्वयुद्धमा भएको विजयीप्रति रूसी नागरिकहरू श्रद्धा गर्छन्, सम्मान व्यक्त गर्छन्। मे ९ लाई ‘भिक्टोरी डे’ का रुपमा धुमधाम साथ मनाउँछन्। त्यस दिन रूसी जनताहरू बिहानैदेखि सडकमा निस्केर रूसी सेनाको परेडलाई स्वागत गर्छन।

खुसी साटासाट गर्छन् र विरताले छाति फुलाउँछन्। यसपटक रेड स्क्वायरमा पुगेर भिक्टोरी डेको सैन्य प्रदर्शन हेर्ने मौका मिल्यो। हामी उभिएको छेउबाट एक जना पत्रकारले ‘लाइभ रिपोर्टिङ’ गरिरहेकी थिइन्। उनले अंग्रेजी भाषामा ‘एकै ठाउँमा नभई धेरै ठाउँमा सर्वसाधारण जम्मा भएर भिक्टोरी डे मनाइरहेको बताइरहेकी थिइन्। रिपोर्टिङ सुनेर बसेका एक सर्वसाधारणलाई त्यो पाच्य भएन। उनले ती पत्रकारको माइक ताने, प्रहरीलाई खबर गरे। ‘पत्रकारले गलत समाचार प्रसारण’ गरिरहेको भन्दै उनले प्रहरीलाई मौखिक उजुरी गरे। ती पत्रकार बाध्य भएर रिपोर्टिङ बन्द गरिन्। रूसी जनताहरू दोस्रो विश्वयुद्धमा गुमाएका आफन्तका फोटोसहितका प्लेकार्ड बोकेर रेड स्क्वायरमा जम्मा भएका देखिन्थे।
 

मनमोहक विन्टर प्यालेस
 

जार शासकले गर्मी छल्न तीन महिना बिताउनका लागि बनाएको विन्टर प्यालेस पनि भव्य छ। सुनै सुनको जलपसहित विभिन्न आर्टहरूले सिंगारिएको प्यालेसलाई संग्रहालयका रूपमा विकास गरिएको छ। प्यालेसको अघिल्लो भागमा मनमोहक ‘वाटर फाउन्टेन’ छ। नजिकै समुद्र छ। समुद्र पार गरेपछि फिनल्याँड पुगिँदो रहेछ। विन्टर प्यालेसको भूभाग नै निकै ठूलो छ। कंक्रिट सहरवासीका लागि विन्टर प्यालेसको भ्रमण सांच्चै नै आनन्ददायी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.