सोलुमा महिलाको हत्या

सोलुमा महिलाको हत्या
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराती अज्ञात व्यक्तिले घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा हतियार प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए । उनका अनुसार मृतकको जिउभर चोटैचोट रहेको छ । 

घटनाको अनुसन्धानका लागि जिल्लाबाट राती नै प्रहरी निरीक्षक राम किशोर शाहको नेतृतवमा प्रहरी परिचालन भएको छ । घटनाका दोषी पत्ता लगाउन घटनास्थल सुरक्षित राखिएको छ भने तालिम प्राप्त कुकुर झिकाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

घटना गएराती ७–८ बजेको समयमा भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकका श्रीमान यस अघि नै मृत्यु भइसकेको र छोराछोरीहरु अध्ययनका लागि काठमाण्डौंमा रहेको जनाइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.