अग्नि सापकोटा र लिउबीच बेइजिङमा भेटवार्ता

अग्नि सापकोटा र लिउबीच बेइजिङमा भेटवार्ता

उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारी सहित भेटवार्ता भएको थियो । उनीहरुबिच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो ।

बेइजिङ : नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच बिहीबार भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेको निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधि मण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बेइजिङमा भेटवार्ता भएको हो ।

उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारी सहित भेटवार्ता भएको थियो । उनीहरुबिच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो । भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएका छन् । 

जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए । 

यही जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको थियो । सुरुमा ल्हासा र मानसरोबरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । भ्रमण सम्पन्न गरी प्रतिनिधि मण्डल १८ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

भ्रमण टोलीमा पूर्व सभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा छन् ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.