पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
समाजसेवी केशवराज अर्यालको पहलमा गाउँपालिकालाई सात प्रकारका सामग्री हस्तान्तरण गरिएको हो।
अर्यालले कार्यालय सामग्री हस्तान्तरण गरेका हुन्। प्रदान गरिएका स्वास्थ्य सामग्री स्वास्थ्य केन्द्रलाई प्रदान गरिने अध्यक्ष अधिकारीले बताए।
उनले १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर ४ थान, दुई हजार थान एन९५ मास्क, आठ हजार थान सर्जिकल मास्क, २५ लिटर सेनिटाइजर, २५ लिटर ट्वाइलेट क्लिनर, १० जोर गम बुट र १० हजार ट्याब्लेट सिटामोल रहेको अधिकारीले बताए।