किसानलाई आधुनिक कृषि सामग्री हस्तान्तरण

किसानलाई आधुनिक कृषि सामग्री हस्तान्तरण

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले स्थानीय किसानलाई आधुनिक कृषि सामग्री हस्तान्तरण गरेको छ। 

कृषि उत्पादन बढाउने उद्देश्य राखेर ७ सय ५५ थान फरक फरक कृषि सामग्री वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ। 
शाखाबाट अनुदान कार्यक्रम अन्तर्गत मिनी ट्रिलर ६६ थान, प्लास्टिक टनेल ५ सय ६० थान, ब्याट्री स्प्रेयर १ सय ११ र प्लास्टिक पोखरी १८ गरी जम्मा ७ सय ५५ थान सामग्री वितरण गरिएको हो।

कृषि सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले कृषि उत्पादन बढाउँदै व्यवसायीकरणतर्फ जानुपर्नेमा जोड दिए। उनले यसका लागि वितरित कृषि सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गरे। 

कृषिलाई व्यवसाय उन्मुख बनाउन उत्पादन बढाउनुपर्ने उनको भनाई थियो। यसअघि अनुदानमा आएको सामग्री कृषकले संरक्षण गर्न नसकेको उल्लेख गर्दै नगर प्रमुख सापकोटाले जनताको रगत पसिनाबाट उठेको करबाट कृषि औजार खरिद गरिएको हुनाले हिफाजात गर्न सुझाब दिए। 

यस वर्ष किसानले माग गरेअनुसार सबै वडामा कृषि औजार तथा सामग्री पर्याप्त उपलब्ध गर्न नसके पनि अर्को आर्थिक वर्षमा पर्याप्त मात्रमा पुर्‍याउने उनले बचन दिए।

कृषि शाखा प्रमुख रामहरी दाहालका अनुसार चालु आर्थिक वर्षमा मात्रै कृषि औजार तथा सामग्रीका लागि १४ वटै वडामा गरी ६ करोड ५० लाख मूल्य बराबरको माग भएको थियो। 

सोमध्ये ५ करोड मूल्य बराबरको १ हजार एक सय ११ वटा ट्याक्टर किसानले माग गरेको उनले बताए। नगरले एक ट्याक्टरको ४५ हजार रुपैयाँमा ल्याएको हो। जसमा कृषकले ५० प्रतिशत अनुदान अर्थात २२ हजार ५ सय तिर्नुपर्ने जनाइएको छ। 

नगरपालिकाको कुबिण्डे, सुकुटे, शेरालगायतका तल्लो क्षेत्र मूख्य रूपमा खाद्यान्न र तरकारी बालीका लागि उर्वर छ। नगरका डडुवा, ठूलोसिरुवारी लगायतका स्थानको गोलभेंडा जिल्लाबाट काठमाडौंका बजारमा निर्यात हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.