काठमाडौंबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय बिनायक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२/०४० प.८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं,चन्द्रागिरी नगरपालिका-२ स्थित देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका-१ बस्ने २६ वर्षीय विपिन मगर पक्राउ परेका छन्।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
४
