नेप्से परिसूचक १६ अंकले बढ्यो, १ अर्ब ८७ करोड बढिको सेयर कारोबार

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। कारोबार साताको चौथो दिन आज बुधबार नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इन्डेक्स ३.५८ अंकले वृद्धि भएर ३७१.३१ विन्दुमा पुगेको छ। १ अर्ब ८७ करोड बढि मूल्यको सेयर कारोबार भयो। आज २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँमा खरिदबिक्री भयो।
नेप्से बढेसँगै दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय र युनिलिभर नेपालको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड बढि मूल्यको सेयर कारोबार भयो।
यस्तै नेसनल लाइफ इन्स्योरेन्सको ७ करोड बढि मूल्यमा सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने ३ को घट्यो।
मनु एन्ड प्रोको ४.६९ प्रतिशतले मूल्य बढ्यो।
प्रतिक्रिया दिनुहोस !
