चन्द्रकान्त भण्डारीको प्रस्ताव- उच्चस्तरीय जलन अस्पताल बनाऔं र पाठ्यक्रममा यो विषय समेटौं

चन्द्रकान्त भण्डारीको प्रस्ताव- उच्चस्तरीय जलन अस्पताल बनाऔं र पाठ्यक्रममा यो विषय समेटौं
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्रकान्त भण्डारीले उच्चस्तरीय जलन अस्पताल बनाउन सरकारसँग प्रस्ताव गरेका छन्।

खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका उनी उपचारपछि पहिलो पटक संसद्मा बोल्दै जलनसम्बन्धी समस्या भएका मानिसहरूका लागि उच्चस्तरीय जलन अस्पताल बनाउन प्रस्ताव गरेका हुन्।

भण्डारीले भने, ‘उच्चस्तरीय जलन अस्पताल बनाउनुपर्छ। नेपालमा कम्पीटेन्ट चिकित्सकहरू हुनुहुन्छ। भवनको अभाव देखियो। यो केसमा धेरै गरिब मानिसहरू पर्दोरहेछ। यसमा धेरै ठूलो दर्द लुकेको छ।’

भण्डारीले जलनसम्बन्धी विषय पाठ्यक्रममा पनि समावेश गर्नुपर्ने बताए। भण्डारीले भने, ‘पुस गते जलन केसबाट म पीडामा रहेँ। यो अवस्था धेरै नेपालीले भोग्नुभएको छ। गत वर्ष १११ जनाको मृत्यु भयो। जलन केस देशभरि फैलिएको छ। गाउँ गाउँमा ग्यास, विजुली पुग्यो। तर, हामीले ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने भनेर पाठ्यक्रममा समेटिएन।’ भण्डारीले चिकित्सकहरू मासिक तलब कम भएको प्रति चिन्ता व्यक्त गरे।

उपचारमा संलग्न र सहानुभूति राख्नेहरूप्रति आभार प्रकट गर्दै भण्डारीले भने, ‘मलाई रेस्क्यु गरेर यो अवस्थामा ल्याउने सबैप्रति आभारी छु। म भेन्टिलेटमा पुगेर पनि बाँचेर आए।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.