एकै रातमा चारवटा पसल फुटाएर चोरी, एकजना पक्राउ

एकै रातमा चारवटा पसल फुटाएर चोरी, एकजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : झापाको शिवगञ्ज बजारमा एकै रातमा चारवटा पसलको सटर फुटाएर चोरी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका– ५ स्थित आमवारी टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । शिवगञ्ज बजारमा पसलको सटर फुटाएर श्रृङ्खलावद्ध चोरीका घटना बढेसँगै प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित पक्राउ गरेको हो । 

प्रहरीले उनको घरमा खोज तलास गर्दा दराजमा लुकाइछिपाइ राखेको चुरोटसहित विभिन्न सामग्री बरामद गरेको छ । साथै चोरी घटनामा प्रयोग हुने विभिन्न औजार समेत उनको घरबाटै फेला परेको डीएसपी रिजालले बताए । 

पक्राउ परेका खवासलाई चोरी मुद्दामा झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.