बझाङमा हिमपहिरोमा परेर तीनजना बेपत्ता, दुई घाइते

बझाङमा हिमपहिरोमा परेर तीनजना बेपत्ता, दुई घाइते
फाइल तस्बिर।

बझाङ : बझाङमा हिमपहिरोमा परेर दुईजना घाइते छन् भने तीनजना बेपत्ता भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका -२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरोमा परी दुईजना घाइते र तीनजना बेपत्ता भएको खबर प्राप्त भएको बझाङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले हिमपहिरोमा पुरिएर तीनजना बेपत्ता र दुईजना घाइते भएको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली  गएको जानकारी दिए । तर, घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्नेछ।

उनकाअनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ। 

हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन। उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको बुझिएको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.