नागरिक उन्मुक्ति बिनै सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

नागरिक उन्मुक्ति बिनै सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ
सुन्नुहोस्

धनगढी : सरकार गठन भएको १०१ दिनपछि सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ।

नेकपा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसको तर्फबाट एक जना मन्त्री थपिएका हुन्। तर दुई मन्त्रालय दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टी भने सरकारमा गएको छैन।

मुख्यमन्त्री कमलबहादुर शाहले आन्तरिक मामिला मन्त्रीमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई नियुक्त गरेका छन्। उनी बझाङबाट प्रदेशसभा सदस्य हुन्। नेपाली काग्रेसबाट मुख्यमन्त्री कमलबहादुर शाह र भौतिक पूर्वाधार मन्त्रीमा प्रकाश बहादुर देउवा यसअघि नै मन्त्री छन्।

नेकपा माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्रीमा झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश सिंह धामी र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीता देबी माल नियुक्त भएका छन्। 

साउद अछामबाट, धामी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित हुन् भने गीता देबी माल डडेल्धराबाट समानुपातिक प्रदेशसभा सदस्य हुन्। तीन जना मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशी र राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

नेकपा एकीकृत समाजवादीबाट बाजुराका नरेश बहादुर शाही आर्थिक मामिला मन्त्री छन्। तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले भने सपथ लिएन। नागरिक उन्मुक्ति पार्टीको भागमा भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय राखिएको छ। 

तर उन्मुक्तिले दुई मन्त्रालय नदिदासम्म सरकारमा नजाने अडान राखेको छ। तीन मन्त्रालय दाबी गरेको माओवादी दुई मन्त्री र एक राज्यमन्त्रीमा झरेको थियो। 

शुक्रबार हुने भनिएको सपथ नागरिक उन्मुक्तिकै कारण शनिबारका लागि सरेको थियो। तर उन्मुक्तिले शनिबार पनि एक मन्त्रालय दिने भए सरकारमा नजाने भनेपछि मुख्यमन्त्रीले सरकार विस्तार गरेका हुन्।

‘नागरिक उन्मुक्तिका लागि हामीले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुरक्षित राखेका छौं, शुक्रबार उनीहरूले एक दिनको समय मागेका कारण हामीले हिजै हुने भनिएको सपथ कार्यक्रम आजका लागि सारेका हौं,’ मुख्यमन्त्री शाहले भने। ‘हामीलाई आशा छ, छिट्टै नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुनेछ।’

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि, एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि कमल बशादुर शाह २०७९ को माघ २७ गते मुख्यमन्त्री भएका थिए। उनी संविधानको धारा १६८ (३) अनुसार संसदमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.