आर्मी र खुमलटारको बराबरी, शेर्पासँग हार्‍यो एपीएफ

आर्मी र खुमलटारको बराबरी, शेर्पासँग हार्‍यो एपीएफ
सुन्नुहोस्

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार एफसी खुमलटार र त्रिभुवन आर्मी फुटबल क्लबले २–२ गोलको बराबरी खेलका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १४औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए।

खुमलटारका मेसुके ओलोमोउले ३५औं मिनेटमा गोल गर्दै पहिलो हाफ १–१ को बराबरीमा ल्याएका थिए।

दोस्रो हाफको सुरुआतमै आर्मीले पुनः अग्रता लिएको थियो। नवयुग श्रेष्ठले ५१ औं मिनेटमा गरेको गोलसँगै आर्मी १–२ ले अगाडि थियो। तर, खुमलटारका स्टेफन बिनोङले ७५औं मिनेटमा गोल गरेसँगै खुमलटारले आर्मीसँग अंक बाँड्यो।

आर्मीविरुद्धको गोलसँगै जारी लिगको सर्वाधिक गोलकर्ताको सूचीमा खुमलटारका मेसुकेले मछिन्द्र क्लबका ओलावाले आफिजसँग बराबरी गरेका छन्। दुवै फरवार्ड १४–१४ गोल गरेका छन्। जावलाखेल युथ क्लबका कोटो मासोयाबीको १३ गोल छ।

आजको बराबरीसँगै आर्मी १९ खेलबाट २६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। खुमलटार १९ खेलबाट १८ अंकसहित लिग तालिकाको पुछारमा छ।

हिमालयन शेर्पासँग हार्‍यो एपीएफ

आजै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई ३–२ गोलको नतिजामा पराजित गरेको छ।

शेर्पाका लागि खमिर घलान, पिस्टोन मुताम्बा र अबायोमी फाकुनलीले एक–एक गोल गरे। यस्तै, एपीएफका लागि सनिश श्रेष्ठ र युवराज खड्काले गोल गरे।

जितसँगै १९ खेलबाट २५ अंक जोडेको हिमालयन शेर्पा लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट २२ अंक जोडेको एपीएफ १२औं स्थानमा झरको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.