बन्द रहेका हेटौंडा कपडासहित तीन उद्योग सञ्चालन गर्ने सरकारको घोषणा

बन्द रहेका हेटौंडा कपडासहित तीन उद्योग सञ्चालन गर्ने सरकारको घोषणा
सुन्नुहोस्

काठमाडौं : सरकारले बन्द रहेका तीन वटा उद्योग पुनःसञ्चालन गर्ने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्ण सञ्चालनको सम्भावना रहेका हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने जानकारी दिए।

उनले लामो समयदेखि बन्द तथा रुग्न अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिनेसमेत जानकारी दिए। 

निजी क्षेत्रको सहकार्य र साझेदारीमा औद्योगिक क्षेत्र विषेश, औद्योगिक ग्रामको पूर्वाधार तथा सञ्चालन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा समेटिएको छ।

त्यस्तै उद्योगका लागि आवश्यक पर्ने माल र प्रसारण लाइन लगानीकर्ता स्वयंले निर्माण गरेको लागतको निश्चित स्रोतभर्ना सरकारले दिइने राष्ट्रपति पौडलले जानकारी दिए। 

सरकारले उद्योगी सञ्चालनका लागि विद्युतमा सहुलियत दिइने र लद्यु, घरेलु र साना उद्योगको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.