सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारको तयारी, आजै शपथ

सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारको तयारी, आजै शपथ

धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ। भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २,नेपाली कांग्रेस एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए।

तर, नागरिक उन्मुक्ति पार्टीले भने यसबारे केही खुलाएको छैन।

योसँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्। मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गरी आजै प्रदेश सरकार विस्तार हुने जानकारी दिएका छन्।

नेता भट्टका अनुसार भागबण्डा मिलेसँगै माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेशसभा सदस्यको टुंगो लगाएको छ। माओवादीबाट झपट साउद र रमेश धामी मन्त्री बन्दैछन्। गीतादेवी माललाई राज्यमन्त्रीका लागि सिफारिस गरेको छ। 

यसअघि माओवादीबाट ओवविक्रम भाट,अक्कल रावल र लक्ष्मी विक सरकारमा पठाउने सहमति भएको थियो। तर,पूर्वसहमतिअनुसार सरकारमा सहभागी हुने सदस्यको नाम सिफारिस नभएको भन्दै माओवादीभित्र केही नेताहरूले असन्तुष्टि जनाएका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्री शाहले शपथ खाएको सय दिनपछि आज प्रदेश सरकार विस्तार गर्न लागेका हुन्।

यसअघि नेपाली कांग्रेसबाट शाह मुख्यमन्त्री र प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्रीमा बनेका थिए। यस्तै एकीकृत समाजवादीबाट नरेशकुमार शाह आर्थिक मामिलामन्त्री बनेका थिए।

नवनियु्क्त मन्त्रीहरूको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.