दाङमा बस दुर्घटना : एकजनाको मृत्यु, ३५ घाइते

दाङमा बस दुर्घटना : एकजनाको मृत्यु, ३५ घाइते
तस्बिर : अन्नपूर्ण

दाङ : दाङको देउखुरीमा दुई बस ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान ६ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका- ३ फलकापुरमा बस ठोक्किदा घटनास्थलमै एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रोल्पाको रुम्टीगढी गाउँपालिका -७ की ४३ वर्षीया शोभा परियार हु्न्। उनको शव पोस्टमार्टमका लागि  लमही अस्पतालमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजन गौतमले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जु २ ख ७८५ नम्बरको बस ठोक्किदा दुर्घटना भएको बताए।

प्रवक्ता डीएसपी गौतमका अनुसार  दुर्घटनामा ३५ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बसमा ३६ जना यात्रु सवार थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.