जहाँ हतकडीमा पनि विभेद छ

जहाँ हतकडीमा पनि विभेद छ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

चाहे कुनै ओहदाको व्यक्ति होस् र सर्वसाधारण अपराधको आरोप लागिसकेपछि ऊ आखिर आरोपित हो। मानवअधिकारको रक्षा र सम्मान सबैको पनि हुनुपर्छ तर, सम्मानको नाममा विशिष्ट सुविधाले भने सर्वसाधारणमा आशंका पैदा गरेको छ।

कानुनको सामान्य सिद्धान्त हो— सबैलाई समान व्यवहार। कानुनका नजरमा कोही विशिष्ट र कोही सामान्य भन्ने नै हुँदैन। नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका १३ आरोपितका हकमा भने त्यस्तो देखिन्न। त्यस्तो असमानता अरू बेला पनि पटकपटक देखिन्थ्यो।

यसपालिको प्रसंग भने नक्कली भुटानी शरणार्थी प्रकरण नै हो। यो प्रकरणमा समातिएका पूर्वमन्त्रीहरूलाई प्रहरीले विशिष्ट सम्मान दिइरहेको छ। अरूलाई भने फरक व्यवहार छ। उही प्रकरणमा समातिएका ११ जनाको हातमा प्रहरीले हत्कडी लगाउँछ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्रीलाई भने फुक्काफाल नै हिँडाइरहेको छ। प्रहरी कार्यालयदेखि अदालतको यात्रामा उनीहरू विजयी भावभंगीमा हात हल्लाउँदै अभिवादन गर्छन्।

प्रहरीले अरू सामान्य आरोपितलाई गाडीको पछाडिको भागमा राख्छ, उनीहरूलाई भने विशिष्ट सम्मानसहित अगाडि ठाउँ दिएको छ। उनीहरूको सुरक्षामा ध्यान दिनु प्रहरी कर्तव्य नै हो, तर प्रहरी व्यवहार उनीहरू अझै पनि मन्त्री नै हुन् कि जस्तो खाले छ। गाडीमा पनि अरूलाई पछाडिको ठाउँ हुन्छ, पूर्वमन्त्रीहरूलाई भने अगाडि प्रहरीका हाकिमहरू नै बस्ने सिट। अरू सामान्य थुनुवा कक्षमै थुनिएका छन्, पूर्वगृहमन्त्रीका लागि प्रहरी हाकिमको कक्षमै विस्तारा लगाएर सुत्ने व्यवस्था मिलाइएको छ। रायमाझीले पनि सुविधासम्पन्न कक्ष नै पाएका छन्।

दुवै पूर्वमन्त्रीहरूले प्रहरीसँग आत्मसमर्पण गरेका होइनन्। प्रहरीले रायमाझीलाई त धुइँपत्ताल खोजेरै समातेको हो। पूर्वगृहमन्त्री खाँण त भाग्ने आशंकाले अदालतबाट पक्राउ पुर्जीसमेत नल्याई प्रहरी आफैंले जरुरी पक्राउ पुर्जी थमाएर पक्रेको हो। यो प्रकरणमा जोजो समातिएर सन्देहमा परेका छन्, तिनको दोष या निर्दाेषपन भोलि अदालतले नै छुट्ट्याउने छ। तर, प्रहरीले अहिलेसम्म बटुलेका प्रमाणका आधारमा गिरोहलाई संरक्षण गर्ने र उनीहरूले भनेअनुसार राज्य संयन्त्रको दुरुपयोग गर्ने ठूलो दुष्कर्म मन्त्रीकै ओहदामा रहेकाहरूबाट भएको देखिन्छ। गृहमन्त्री नै संरक्षक नभएको भए गिरोहलाई त्यो आँट र पैसा असुली र ठगी धन्दाको आँटै हुँदैनथ्यो। तर हत्कडीदेखि अरु विशिष्ट सम्मानको व्यवहार उनलाई नै छ।

चाहे कुनै ओहदाको व्यक्ति होस् र सर्वसाधारण अपराधको आरोप लागिसकेपछि ऊ आखिर आरोपित हो। मानवअधिकारको रक्षा र सम्मान सबैको पनि हुनुपर्छ तर, सम्मानको नाममा विशिष्ट सुविधाले भने सर्वसाधारणमा आशंका पैदा गरेको छ। कानुनको नजरमा सबै एकै हुँदाहुँदै असमान व्यवहार किन ? चर्चित क्रिकेटरले आत्मसमर्पण गर्दा गर्दै हतकडी लगाएको प्रहरीले राजनीतिक विद्रोही खड्गबहादुर विश्वकर्मालाई पनि त्यसै गरेको थियो। मानव तस्करी, राज्यविरुद्धकै अपराधका आरोपित भने कसरी भिन्न भए ? यो स्वाभाविक प्रश्न भएको छ।

अपराधको आरोपित भाग्ने डरले हतकडी लगाउने चलन हो भने प्रहरीलाई बयान दिन आउन वा सघाउन नमानेकाकै नै हात खुला किन ? सर्वसाधारणमा उठेको प्रश्न तार्किक छ। प्रहरीले देखाएका व्यवहारले आरोपितलाई अझै भीआईपी मानेको देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.