जुम्लाको सिंजामा सांस्कृतिक खाना महोत्सव

जुम्लाको सिंजामा सांस्कृतिक खाना महोत्सव
जुम्लको सिंजामा आयोजित खाना महोत्सवमा राखिएका परिकार देखाउँदै सिंजाली महिला । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरेन्द्रनगर :जुम्लाको सिंजा गाउँपालिकामा खाना महोत्सव आयोजना गरिएको छ । स्थानीय परिकारलाई आयआर्जनसँग जोड्ने उद्देश्यले मार्क्सवादी ज्ञान केन्द्र काठमाडौंको आयोजनामा जुम्लाको सिंजामा सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको हो ।

सिंजाको नराकोटमा आयोजित महोत्सवमा गाउँपालकाका ६ वटै वडाका सात स्टलमा स्थानीय खानाका परिकार राखिएको छ। कोदो फापर,मकै,भटमास, चिनु,कागुन र मकैका परिकारका साथै खरायोको मासु स्टलमा राखिएको छ।

महोत्सवमा सिंजावासीले मौलिक खाना मात्र पस्केनन्,स्थानीय देउडा,झोडा,चुटकिला प्रदर्शन गरेर अवलोकनकर्तालाई मनोरञ्जन दिएका छन् । केन्द्रका सचिव हुमनाथ न्यौपानेले सिंजाको मौलिक पहिचान देशका अन्य भागलाई साक्षात्कार गराउने र आयआर्जन बढाउने लक्ष्यका साथ पहिलो सांस्कृतिक खाना महोत्सव गरेको बताए । 

कार्यक्रमका संयोजक डाक्टर निमानन्द रिजालले जुम्लाको उत्पादन मार्सी,सिमी,फापर र स्याउजस्ता रैथाने बालीलाई यहाँको आम्दानीसँग जोड्नुपर्ने बताए । गाउँपालिका–२ का अध्यक्ष तीर्थ वडले यस्ता कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता दिने बताए । 

उनले सिंजा गाउँपालिकामा आयोजित खाना महोत्सवले नेपालभर जुम्लाका स्थानिय परिकारहरुका विषयमा प्रचारप्रसार भएको बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.