'अश्वत्थामाको निधारबाट बागमती बग्छ'  सार्वजनिक

'अश्वत्थामाको निधारबाट बागमती बग्छ'  सार्वजनिक

काठमाडौं : कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' शनिबार सार्वजनिक भएको छ। 

काठमाडौंको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन गरे।

कवि मुकारुङले देवव्रतको कवितामा लयविधान भएको बताए। 'पछिल्लो पुस्तामा नयाँ शैली लेख्ने कविहरू छन्। त्यसमध्ये देवव्रत पुगेका छन्। यो संग्रहमा मैले असाध्यै इन्जोय गरेका कविता छन्। कतिपय कविता पढ्दा ईर्श्या पनि लाग्यो,' उनले भने, 'उनका प्रत्येक कविता पढ्दा संगीत गुन्गुनाए जस्तो छ।'

निबन्धकार सापकोटाले देवव्रतका कविता आज र भोलि जस्तै बिलाइजाने पानीको थोपा जस्ता नभएको उनले बताए।'देवव्रतका कवितामा उसको उपस्थिति टाढाबाट देखिने गुलमोहर जस्तो छ,' सापकोटाले भने। 

देवव्रतका कवितामा  हजारौं वर्षदेखिको पुरानो घाउ, मधेशका दलित र कर्णालीका आम मान्छेका जीवन समेटिएको बताए।

लेखक वन्दनाले देवव्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समय बोलेको बताइन्। 'उनका कविताले मृत्यु बोलेका छन्। आत्महत्या बोलेका छन्। चरम उपभोक्तावादी समय पनि बोलेको छ। कर्णालीमा भएको अभाव बोलेको छ,' उनले भनिन्,'देवव्रतको कविताले भविष्यमा हस्तक्षेपकारी भूमिका खेल्छन्‌।'

संग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो। पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.