नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसहित १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसहित १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ। 

आइतबार जिल्ला अदालत काठमाडौंले उक्त प्रकरणमा थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको हो। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 

एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा सयभन्दा बढीले २० वटा जाहेरी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.