बालकृष्ण खाँण भन्छन्- नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्‍नता छैन

बालकृष्ण खाँण भन्छन्- नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्‍नता छैन

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन्।

आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने क्रममा केहि भन्नुहुन्छ मिडियालाई भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले उक्त प्रकरणमा आफू संलग्न नभएको प्रतिक्रिया दिएका हुन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले वैशाख २७ गते पक्राउ गरेको थियो । खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी समेत पक्राउ परेका छन्।

प्रहरीले यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत अभियुक्तलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्। टोपबहादुरलगायत केही फरार रहेका जनाइएको छ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । उनी प्रहरीको फरार सूचीमा छन्।

नक्कली भुटानी शर्णार्थी प्रकरणमा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले  २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.