दैलेखको बाहुनगाउँस्थित स्वास्थ्य केन्द्रमा आगजनी, १५ लाख बढिको क्षति

दैलेखको बाहुनगाउँस्थित स्वास्थ्य केन्द्रमा आगजनी, १५ लाख बढिको क्षति
सुन्नुहोस्

दैलेख :दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित आधारभुत स्वास्थ्य केन्द्रमा आगजनी भएको छ । शनिबार राति स्वास्थ्य केन्द्रमा आगजनी भएको र राति नै आगो निभिसकेको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको एउटा कोठामा आगजनी भएको बताए । उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक डांगीले जानकारी दिए । कसले के कारणले आगजनी गर्‍यो भन्नेबारे थप अनुसन्धान  थालिएको प्रहरी निरीक्षक डांगीले बताए । 

स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यले औषधि,बर्थिङ सेन्टरका औषधि उपकरणहरू,सर्जिकल सामान राखिएको मिनी स्टोरका सबै सामग्री जलेर खरानी भएको बताइन् । 

उक्त कोठामा महंगो औषधि र उपकरण राखिएको थियो । ‘स्वास्थ्य केन्द्रमा पहिला पनि निरन्तर तोडफोड भइरहन्थ्यो,हामीले संरक्षण गर्ने प्रयास गरिरहेका थियौं, यो पटक त आगजनी नै भयो,कसले र किन आगजनी गर्‍योयो भन्ने थाहा छैन्,’उनले भनिन् । 

आगजनीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ ।

‘स्वास्थ्य केन्द्रको ढोकामा लगाइएको ताला फोडिएको छ, मुख्य स्टोरबाट निकालेर प्रयोग गर्नका लागि औषधी उपकरणहरु राख्ने गरेको कोठामा (मिनी स्टोर) आगजनी भएको छ, ढोका र झ्याल पनि जलेको छ,’ उनले भनिन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.