शरणार्थी प्रकरणका दोषीलाई ‘राज्यविरूद्धको कसुर’मा कारबाही गर्न माग गर्दै सिन्धुलीमा प्रदर्शन

शरणार्थी प्रकरणका दोषीलाई ‘राज्यविरूद्धको कसुर’मा कारबाही गर्न माग गर्दै सिन्धुलीमा प्रदर्शन
तस्बिर : राजन गाउँले
सुन्नुहोस्

सिन्धुली : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय गिरोह र तिनका संरक्षकविरुद्ध सिन्धुलीमा शनिबार पनि प्रदर्शन भएको छ।

जिल्लाका अगुवा नागरिकहरूको उपस्थितिमा सिन्धुलीमाढीमा बिहानैदेखि प्रदर्शन गरिएको हो। ‘भ्रष्टचारीको जालो, अतिनै गर्न थाल्यो’,‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिष्टम भ्रष्ट छ’जस्ता नारा लेखिएका प्लेकार्डसहित नागरिकहरू प्रदर्शनमा उत्रिएका हुन्। null

उनीहरूले नक्कली भुटानी प्रकरणसहित भ्रष्टाचारका अन्य कसुरसहित राज्यविरुद्धको अपराधसमा संलग्नलाई कानुनी दायरमा ल्याउन माग समेत गरेका छन्। सरकारले साना माछालाई नियन्त्रणमा लिएर ठूला माछालाई उन्मुक्ति नदियोस् भन्नका लागि आफूहरू स्वत : सडकमा आएको प्रदर्शनमा सहभागी नवराज आरणले बताए।

‘नीतिगत र संस्थागत भ्रष्टाचारका विरूद्ध सरकारले चालेका कदममा हाम्रो पूर्ण समर्थन छ। हामी प्रधानमन्त्री र गृहमन्त्रीसँगै नेपाल प्रहरीलाई धन्यवाद दिन्छौं। तर, यतिमै सिमित हुनु हुन्न। सरकारले ठूलामाछा समाउन खुट्टा नकमाओस्, हामी तपाईहरूको साथमा छौं’ आरणले भने।nullसार्वभौम देशका नागरिकलाई अनागरिक बनाउने तथा नेपालको अन्तर्राष्ट्रिय छवि र स्वाभिमानमा आँच पुग्ने गरी रचिएको अपराधमा पुर्व गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकारको संलग्नता खुलेसँगै ‘राज्यविरुद्धको कसुर’ मा समेत मुद्दा चलाउने गरी अनुसन्धानको दायरा फराकिलो बनाउनु पर्ने अर्का सहभागी सलिन कुमार खड्काको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.