नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा प्रहरीलाई सहयोग गरौं : नेता सिंह

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा प्रहरीलाई सहयोग गरौं  : नेता सिंह
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन निष्पक्षरुपमा अघि बढाउन प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् नेता सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै भएपनि छानबिनको दायरमा ल्याउन प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका हुन्।

'नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाइयोस् । नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् । यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको छ । कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून् । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दोष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निर्क्योल हुन सकोस् । प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाओस् । यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगरियोस्  । यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं,'उनले भनेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदसय एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार इन्द्रजित राई,बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका एमाले सांसद टोपबहादुर रायमाझी भने अझै फरार छन्। 

यस्तै पूर्वगृहमन्त्री बादलको सुरक्षा सल्लाहकार राईका छोरा निरज राई पनि फरार छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.