नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने विद्यार्थी संगठनको माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने विद्यार्थी संगठनको माग
सुन्नुहोस्

काठमाडौं : विभिन्न दल निकट विद्यार्थी संगठनका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनै दबाबविना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार एक अन्तक्रिया कार्यक्रमा उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको पनि अपराध भएकाले कुनै दबाबविना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले न्यायिक निष्कर्षमा पुराउछ कि पुराउदैन भन्ने प्रश्न उठेकाले दोषीलाई कारवाही गर्न सरकार पछि हट्न नहुने बताइन् । उनले राम्रो काम गर्नका लागि सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकारलाई कमजोर पार्ने काम गर्न नहुने धारणा राखिन्।

त्यस्तै एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुराउन सहयोग गर्ने भन्दै यसलाई पार्टीसँग जोडेर हेर्न नहुने बताए । उनले यस प्रकरणले विश्वजगतमा नेपालको नाम बदनाम भएकाले राष्ट्रद्रोह गर्नेलाई कारवाही हुनुपर्ने उल्लेख गरे।

त्यस्तै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको साथमा रहेको भन्दै कुनै दबाब र प्रभावमा नपर्न खवरदारी गरे।

त्यस्तै अन्य विद्यार्थी संगठनका नेताहरूले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै भेदभाव नगरी संलग्न सबैलाई कानुनी कारवाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.