डोल्पामा पहिलोपटक गाडी पुग्यो

डोल्पामा पहिलोपटक गाडी पुग्यो
पहिलो पटक डोल्पा सदरमुकाम दुनैमा यात्रुबाहक बस । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरेन्द्रनगर : राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको नेपालको हिमाली जिल्ला डोल्पामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ । सोमबार बाँकेको नेपालगन्जबाट हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै आइपुगेको हो । यससँग अब डोल्पा राष्ट्रिय राजमार्गसँग पनि जोडिएको छ ।

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि पहिलो पटक भेरी राप्ती यातायात प्रालि र नमस्ते सगरमाथा यातायात प्रालिको १/१ वटा बस डोल्पा आइपुगेको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ । २०७६ सालमा राष्ट्रिय सडक सञ्जालले छोएको डोल्पामा जीपमात्रै गुड्दै आएको थियो।

केही महिनायता डोल्पा जाजरकोट सडकखण्डअन्तर्गत डोल्पाको भेरी नदीमा बेलिब्रिज बनेसँगै डोल्पामा बस पुगेको हो । अब राष्ट्रिय राजमार्गसँग जोडिन हुम्ला जिल्ला मात्र बाँकी छ । राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोर नेपाली सेनामार्फत् नर्मिाण कार्य भइरहेको छ । 

करिडोरको हुम्ला खण्डको ६ किलो मिटर सडक निर्माणको काम बाँकी छ । राजमार्गअन्तरगत केही खोलामा पुल निर्माणको काम पनि बाँकी छ । उक्त बाँकी रहेको सडक निर्माण र झण्डै एक दर्जन खोलामा पुल निर्माण भएपछि हुम्ला पनि राष्ट्रिय राजमार्गसँग जोडिने छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.