अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था छ : अर्थमन्त्री


बजेटमार्फत धेरै ठाउँमा योजना दिनुपर्ने दबाब रहेको भन्दै उनले स्रोत कम रहेको उल्लेख गरे ।

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासघंले काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री महतले नीजि क्षेत्रसंगको सहकार्यमा मुलुकको अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । 

उनले अनावश्यक खर्च कम गर्ने र पूँजिगत खर्चलाई बढाउनका लागि सरकारको कोसिस हुने बताए। मौद्रिक नीतिमार्फत उच्च व्याजदरलाई नियन्त्रण गर्दै अर्थतन्त्रलाई चलायमान गर्ने तयारी भइरहेको उनले बताए । उनले हजारौँ आयोजनाको ठेक्का लागिसकेको अवस्थामा अहिले सबैभन्दा ठूलो स्रोतको चुनौती रहेको धारणा राखे । 

बजेटमार्फत धेरै ठाउँमा योजना दिनुपर्ने दबाब रहेको भन्दै उनले स्रोत कम रहेको उल्लेख गरे । मन्त्री महतले नियम कानुन पालना गरेर सहज रुपमा उद्यम गर्नसक्ने वातावरण तयार पार्न सरकार प्रतिवद्ध रहेको धारणा राखे।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउन सुझाव दिए । उनले अहिलेको अवस्थामा स्वदेशी तथा विदेशी लगानीलाई बढाउन जरुरी रहेको धारणा राखे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.