अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका चारैजनाको मृत्यु

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका चारैजनाको मृत्यु

सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका  ४ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।

कीर्तिपुरको वर्न अस्पतालमा उपचाररत ३६ वर्षीय माधव वेल्वासेको आज बिहान मृत्यु भएको थियो। 

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएकोमा केहीको बाटोमा र केहीको उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख  रिजालले बताए।

आगोलागीमा परि घाइते भएका भुमिकास्थान  २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारको लागि लैजादै गर्दा पाल्पाको  रामपुरमा,५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र  ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं कीर्तिपुरको वर्न अस्पताल मृत्यु भएको स्थानीय विष्णु वेल्वासेले जानकारी दिए।  ।  

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घरहरू जोगिएका छन् । सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगोलागि हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । कम्तीमा ४ भैंसी जलेका छन् ।

कुखुरा फर्ममा आगोलाग्दा ८ सय बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका ८ घरगोठ  जलेर नष्ट भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.