झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने १० भारतीय पक्राउ


काठमाडौं : प्रहरीले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको । उनीहरूलाई उपत्यकाकाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले  जनाएको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले उनीहरूले विभिन्न समयमा नक्कली कागजात र  ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्‍धानबाट खुलेको जानकारी दिए।

अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूले विभिन्नमा नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा नक्कली विवरण पेश गरी नागरिकता लिएको बुझिएको छ।

उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायत समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै, बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् । 

प्रहरीका अनुसार उनीहरूले जिल्ला प्रशासन कार्यालय रूपन्देही,बारा,पर्सा लगायतबाट जारी गरेको नागरिकता लिएका थिए । उपत्यकाको शंखमुद, कलंकी, लगनखेल, गोगवु लगायका स्थानमा बसोबास गर्दै आएका थिए । 

उनीहरूको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.