भारतीय सिनेमामा चम्किएका नेपाली

भारतीय सिनेमामा चम्किएका नेपाली
सुन्नुहोस्

भारतमा बन्ने फिल्म, टेलिफिल्ममा कथा अनुसारको कला सिर्जनामा उनलाई भ्याइनभ्याइ छ।

 चितवन : लेखकले शब्दमा चित्र झल्काएर कथा तयार गर्छन्। कथाको परिकल्पना अनुसार कलामा जीवन्त दिनुपर्छ।  दर्शकलाई वास्तविकताको दुरुस्तै अनुभूति गराउन त्यस अनुसारको सेट चाहिन्छ। शब्दमा लेखिएको विषयलाई कला निर्देशकले थ्रिडीमा रुपान्तरण गर्छन्। जहाँ बनावटीको आभाष नै हुँदैन।

लेखकको स्क्रिप्टलाई मूर्त रुपमा ढाल्न  निर्देशक, क्यामेरा, कला निर्देशक र डे«स डिजाइनरको भूमिका प्रमुख हुन्छ। भारतको सिनेमा जगतको सुटिङमा ब्यस्त हुने कला निर्देशक हुन्, अञ्जन गजुरेल। उनले भारतीय चलचित्रमा आफ्नो कन्सेप्टमा ख्याती कमाएका छन्। धनुषास्थित लालगढका गजुरेल भारतीय सिनेमामा आफ्नो कला पस्किन्छन्। पछिल्लो  दुई दशकदेखि कला निर्देशकका रुपमा उनी चम्किएका छन् । 

पात्र अनुसारको कला सिर्जना गर्नु उनको काम हो। यस्तै सुटिङका लागि घर बनाउनु, घरभित्रको सेट तयार गर्नु उनको कला हो। भारतमा बन्ने फिल्म, टेलिफिल्ममा कथा अनुसारको कला सिर्जनामा उनलाई भ्याइनभ्याइ छ। फिल्ममा कल्पना गरिएको दृष्यका लागि सेट तयार गर्नु उनको मुख्य जिम्मेवारी हो।  दृष्यसहितको कलाको सिर्जना चाहिन्छ। शब्दको चित्र तयार गर्न कलाको माध्यमबाट साँच्चिकैको अनुभूति गराउन उनले कला निर्देशन गर्दै आएका छन्। ‘हाम्रो कन्सेप्ट बनावटी हुँदैन। दुरुस्तै देखिने खालको दृष्य सिर्जना गर्नु पर्छ। पर्दामा हेर्दा कसरी राम्रो सिर्जना गर्ने भन्ने ध्याउन्न हुन्छ’ उनले भने, ‘एक सेकेन्डभित्र मानिसको ध्यान क्लिक बनाउनु पर्छ। त्यसका लागि कला सिर्जना गर्नु चुनौती नै हुन्छ।’

ललितकला क्याम्पसमा उनले फाइन आर्ट्समा प्रमाणपत्र तह अध्ययन गरे। सन् १९९८ मा उनी भारतको मुम्बई पुगे। करिव तीन वर्ष अध्ययन गरेपछि उनले जहागिर आर्ट ग्यालरीको प्र्रदर्शनीमा २२ वटा चित्र प्रदर्शनी गरे। सबैले प्रशंसा गरे पनि चित्र नबिकेपछि त्यसले जीवन चल्दैन भन्ने उनलाई लाग्यो। यहींबाट उनको कला यात्राले अर्कै रुप लियो। त्यसपछि चिनेजानेको मान्छेले बालाजी फिल्म्सका रवि भट्टराईसँग भेट गराए।

सुरुवातमा रजत पोद्धारको सहायक निर्देशकका रुपमा काम गरे। सेटमा पेन्ट गरेको देख्दा सबैले मन पराए। अहिले उनी फिल्मको कला निर्देशकका रुपमा ब्यस्त छन्। उनले स्केचिङदेखि थ्रिडीसम्मको काम गर्छन्। सुटिङमा हुने हरेक विषयलाई वास्तविकता झल्काउन उनी पोख्त छन्। 

पर्दामा देखिने पात्रबाहेक सबै कल्पना उनैले गर्छन्। ‘कथामा जस्तो कन्सेप्ट गरिएको छ। दुरुस्तै उस्तै बनाउन काम गर्छु। घर बनाउनेदेखि कोठामा देखिने सानो सानो कुरालाई कथा अनुसार देखाउनु पर्छ’, उनी भन्छन्, ‘कथा अनुसारको फिलिङ्स दिनुपर्छ। नयाँ बनाउन सजिलो छ। तर पुरानो देखिने खालको नयाँ बनाउन जटिल हुन्छ।’

फिल्म तथा टेलिफिल्ममा उनी आर्ट र सेट बनाउँछन्। आर्टमा कम्पोजिसन गर्छन्। बजार र कथाअनुसार रङको संयोजन पनि उनैले मिलाउँछन्। त्यसपछि मात्रै सौन्दर्य निस्कन्छ। उनी हरेक पल यसैका लागि सोचिरहन्छन्। 

उनले भारतीय सिनेका चर्चित हस्तीसँग काम गरेका छन्। सुरुमा सहायक निर्देशकको काम गरे। कसौटी, कुसुम, कुछ अपनासा, इतनी सि खुसीलगायत टेलि शृंखलामा काम गरे। अहिलेसम्म उनले १२ चलचित्रमा काम गरेका छन्। ६० वटा टेलिफिल्ममा काम गरेका छन्। साया, मर्डर, इन्तिहामा उनी निर्देशक भएर काम गरे। अहिले सत्य प्रेमकी कथामा काम गरिरहेका छन्।

चेन्नई एक्सप्रेसको गीत ‘लुंगी डान्स’को सेटअप उनैले गरेका हुन्। आमिर खान नाचेको ‘देल्लीबेल्ली’को गीत ‘लाइक अ लभ यू’को सेट पनि उनैले तयार गरेका हुन्। भर्खरै आएको ‘लुडो’ फिल्मको सेट पनि उनैले निर्माण गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.