मतदातामा भ्रम पैदा भयो, हामीले नियन्त्रण गर्न सकेनौं

मतदातामा भ्रम पैदा भयो, हामीले नियन्त्रण गर्न सकेनौं

यो व्यवस्थाभित्र निर्वाचन जित्न जोसँग पनि मिल्ने गठबन्धन गर्ने परिपाटीले बिगारेको हो। मतदाताले आफ्नै दलको चिन्हमा मत हाल्न नपाएर मत फेर्ने चलन भयो।

तपाईंले चितवन २ को उपनिर्वाचनमा भएको आफ्नो पराजयलाई कसरी लिनुभएको छ ?

हामीले मंसिरमा जसरी अहिले पनि यस्तो मतपरिणाम आउँछ भनेर कल्पना गरेका थिएनौं। चितवनमै राजनीति गरेर सधैं मर्दापर्दा भिडेको मान्छेले गलत फन्डा गरेनौं। जे गर्न सक्थ्यौ त्यही मात्रै प्रतिबद्धता गर्‍यौं। तर, रवि लामिछानेप्रति जनताको भ्रम अझै हटेको पाइएन। यो पाटो एउटा हो।

अर्को उहाँविरुद्ध सबैको प्रहार थिएन। उहाँले त्यसै प्रचार गर्नुभयो कि मेराविरुद्ध सबै लागेका छन् भनेर। उहाँले गरेका गलत कामको आलोचना भएन होला। उहाँ आलोचनामुक्त या निर्विवाद पनि होइन। विवादित काम बाहिर आएको छ। उहाँले त्यसलार्ई आफूविरुद्धको घेराबन्दीका रूपमा प्रचार गर्नुभयो। त्यसलाई जनताले पत्याइदिए। 

हाम्रो कार्यकर्ता पंक्तिले त्यसलाई जसरी लानुपथ्र्यो त्यो गरिएन। रवि गलत प्रचार शैलीले आचारसंहिताविपरित लाग्नुभयो। आफूविरुद्धका कुरालाई उहाँको समर्थनले गरेको गालीगलौजको परिस्थिति बन्यो। हामी रक्षात्मक हुँदा पनि मतादातालाई समर्थक उहाँका मात्रै रहेछन् भन्ने भ्रमका कारण उहाँलाई जित्न संभव भयो। यो सधंै कायम हुँदैन। मतगणनाको विषयमा गरिएको बैठकमा मैले उहाँलाई नै भनेको छु कि उहाँका समर्थकको विषयमा गम्भीर ढंगबाट कुरा हुँदा उहाँले माफी पनि माग्नुभएको छ। 

रविजीकै कारण उपनिर्वाचन भएको हो। तर, उहाँ राज्यले फसाएको हो भन्दै हिँड्नुभयो। आक्रामक प्रचारशैली नगर्दा हाम्रो मतदातामा भ्रम पैदा भयो। त्यसलाई हामीले नियत्रण गर्न सक्नुपथ्र्यो सकिएन। त्यसले मत घटेको हो।

तपाईंले के रवि लामिछानेले फन्डाले मात्रै मत पाएको भन्न खोज्नुभएको हो ?

उहाँसँग कुनै एजेन्डा छैन। मैले उहाँमा विकासको योजना पनि देखिनँ। म पनि उम्मेदवार हुँ। संयुक्त बहसमा उम्मेदवार बोलाउँदा उहाँ आउनुभएन। उहाँसँग विकास र समृद्धिको एजेन्डाभन्दा पनि आफ्नो एकोहोरो स्तुतिगानका लागि मिडिया परिचालन गरेर जनतालाई भ्रममा राख्न सफल हुनुभयो। उहाँले बोलेको कुरा पूरा गर्ने विश्वास नै छैन। ठोस कुरा गरेको त थाहा छैन। उहाँले वदेशबाट नेपाली फिर्ता गर्ने, त्यहीको सुविधामा अवसर दिने कुरा ल्याउनुभयो। त्यो कति संभव हो ? सक्नुभएछ भने उहाँलाई म सलाम गर्छु। सबैको भ्रष्टाचारका फाइल खोतल्छु भन्नुभएको छ।

  • चितवनमै राजनीति गरेर सधैं मर्दापर्दा भिडेको मान्छेले गलत फन्डा गरेनौं। जे गर्न सक्थ्यौ त्यही मात्रै प्रतिबद्धता गर्‍यौं। 
  • नागरिकलाई यथार्थ कुरा बुझाउन नसक्दा पनि मत कम आयो। हामीमा पार्टीभित्र समस्या छैन।
  • निर्वाचन जित्न जोसँग पनि गठबन्धन गर्ने परिपाटीले बिगारेको हो। मतदाताले आफ्नै दलको चिन्हमा मत हाल्न नपाएर मत फेर्ने चलन भयो। 

उहाँले आफैं फाइल खोल्नुहुन्छ कि नाइँ ? सुशासनको कुरा उठाउनुभएको छ।  राष्ट्रियता, एमसीसी, धर्मनिरपेक्ष हो कि हिन्दुराष्ट्र, सहिष्णुताको विषय, संघीयताको विषयमा उहाँले स्पष्ट गर्नुभएको छैन। योवारे जनतालाई भन्नुपर्छ कि पर्दैन ? अरूलाई गाली गरेर आफू राम्रो बन्ने प्रयास गर्नुभयो। राज्यका कार्यक्रम हेर्‍यौ भने एमालेले सुरु गरेका मात्रै छन्। मिडियाभन्दा पनि युट्युबमार्फत अनर्गल प्रचार गर्ने शैलीले सहरी मतदाताको मनोविज्ञान भाडिएको छ। यसलाई सम्हाल्ने जिम्मेवारी पनि रविजीको काँधमा आएको छ। निर्वाचनको बेला आलोचना गर्नेलाई गरिएको भाषा, ब्यवहार सुधार्न सक्नुपर्छ। जित्नका लागी गलत स्टन्ट गर्नुभएको थियो। अब त्यो उहाँले कन्ट्रोल गर्नुपर्छ।  

तपाईंहरूले दाबी गरेको मत नै आएन, किन ?

हामीले आँकलन गरेको मत २५ हजार थियो। त्योभन्दा धेरै कम आयो। हामीले समीक्षा गर्न थालेका छौ। नागरिकलाई यथार्थ कुरा बुझाउन नसक्दा पनि मत कम आयो। हामीमा पार्टीभित्र समस्या छैन। राज्यले दिने सेवा प्रवाहमा राजनीतिक दलले हस्तषेप गर्नुपर्छ भन्ने बुझाई जनतामा रह्यो। हामी त्यो बुझाईमा खरो उत्रिन सकेनौ। राम्रो गर्दा पनि अपेक्षित मत आएको छैन। हामी पुनर्विचार गर्छौं। 

यो व्यवस्थाभित्र निर्वाचन जित्न जोसँग पनि मिल्ने गठबन्धन गर्ने परिपाटीले बिगारेको हो। मतदाताले आफ्नै दलको चिन्हमा मत हाल्न नपाएर मत फेर्ने चलन भयो। कामका लागि मात्रै हुनुपर्ने हो। लामो समयको गठबन्धनले पनि मत फेर्ने वातावरण बनायो। कार्यकर्ता बिच्किने काम भएको छ। हामीले यसमा अब ध्यान दिन्छांै। 

तपाईंहरूले अघिल्लो पटकको मत किन जोगाउन सक्न भएन ?

एजेन्डाको सन्दर्भमा निर्वाचन अभियानलाई हामीले व्यवस्थित गर्न सकेनौं। हामी जुन ढंगले बढ्न पथ्र्यो त्यो हुन सकेन। उपनिर्वाचन हुनेमा जानकार थियौ। तर, त्यसलाई हामीले नजर अन्दाज गर्‍यौ। मुल कुरा नकारात्मक भावना जुन ढंगले बगिरहेको छ त्यो नेपालका लागि घातक हो। नेपालको विकास, स्थायीत्वका लागी घातक हो। यसले पनि असर गर्‍यो। यसलाई हामीले महसुस गर्नपर्छ। 

नागरिकको तहसम्म संवादमा जाने, नागरिकको समस्याबुझेर नागरिकलाई आश्वास्तपार्न नसकेका हौ। उम्मेदवारको हिसाबले पहिलो पटक निार्वाचन लडेको हुँ। छोटो समयका कारण सबै नागरिकसमक्ष संवाद गर्न पाइनँ। जतिसँग गरे उहाँहरू खुसी हुनुहुन्थ्यो। अन्तिमसम्म मतमा परिणत गर्न सकिएन। मलाई विश्वास छ कि यो परिस्थिती सुध्रिन्छ। 

यो खालको मत आउनमा उम्मेदवारको कमजोरी कि पार्टीको ?

उम्मेदवारको हसिाबले कमजोरी होला। नयाँपन हुदा पनि जुन ढंगले परिचान गर्नपर्ने हो, जनतासंग भेटघाटको समय छोटो भयो। ठुला दलसंगको वितृष्णासंग रविजीले खेल्नुभयो। त्यसका कारण पनि नयाँ उम्मेदवार नयाँ एजेन्डाको कुरा गर्दा पनि जनतालाई विश्वस्त बनाउन सकिएन। अन्य दलले गरेको गलत कामको शिकार एमाले पनि बन्नुपर्‍यो। 

ठूला दलप्रतिको वितृष्णा होइन र ?
बहुदलपछि जनताले एकपटक बहुमत दिए। त्यसलाई काँग्रेसले जोगाउन सकेन। एमालेले अल्पमत वा मिलजुली सरकारको नेतृत्व गर्दा सकारात्मक परिणाम दिएको थियो। त्यो कुरालाई मिडिया प्रोपोगान्डा नगर्नु गल्ती हो। हामीले त्यो गर्दैनौ। जनताले क्षणिक उत्तेजना र आवेगको परिणाम रविजी भए पनि समाज बदल्न यिनै राजनीतिक दल सुर्धार्ने कुरा नै महत्वपूर्ण हुन्छ।

मत घट्नुमा राजनैतिक दलप्रतिको आक्रोस भए पनि सबै कुरा यही ठिक भन्ने होइन। राज्य संचालनमा सुधार, ढिला सुस्तीमादलहरूले आफुलाई उभ्याउन जरुरी छैन। संविधानमा भएका ब्यवस्था कार्यानवयनमा ध्यान नदिदा यो अवस्था आएको हो। त्यसैले नागरिकमा जसले जे गर्दिए पनि हुन्छ भन्ने परेको छ। यसले निराशा बनाएको छ। यसलाई निराकरण गर्नपर्छ। 

दलहरू कमजोर हुदै गएका त होइनन् ? 
कमजोर  त नभनौ। दलहरूले पूर्नविचार गर्नैपर्छ। एमालेले त्यो गर्छ। कतिपय कुरामा ध्यान दिएनौ होला। अब सुधार गरेर अघि बढ्छौ। हामीले थप काम गर्छौ। 

आउने निर्वाचनमा दलहरू भविष्य के होला ?
फेरी पनि एमाले दरिलो पार्टी बनेर जान्छ। हामी त्यसमा ध्यान पुर्‍याउँछौ। हाम्रो एजेण्डा जनताको समस्यामा केन्द्रीकृत भएर अघि बढ्छौ। सरकारलाई जनताप्रति उत्तरदायी बनाएर अघि बढाउँछौ। अर्को चुनावमा जनताको मत र मन दुवै जितेर अघि बढ्छौ। 

प्रस्तुति : अनिल ढकाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.