व्यापारीको हत्या, सातासम्म भेटिएन दोषी

व्यापारीको हत्या, सातासम्म भेटिएन दोषी
सुन्नुहोस्

काठमाडौं : बागलुङ घर भई कपनको सरस्वतीनगरमा पसल सञ्चालन गर्ने निरु पाण्डे आचार्य यही वैशाख ७ गते मातातीर्थ औंसीका दिन रगताम्ये अवस्थामा भेटिइन्। किचेन नामक आफ्नै पसलमा हत्या भएको अवस्थामा उनको शव भेटिएको हो। प्रहरीले उक्त घटनामा संलग्न दोषी पत्ता लगाउन सकेको छैन। उनको शरीरमा २० पटकभन्दा बढी चक्कु प्रहार भएको देखिएको छ।

घटनाको ६ दिन बितिसक्दा पनि प्रहरीले केही सुराक तथा प्रमाण सार्वजनिक नगर्दा पीडित परिवार अझ मर्कामा परेको छ। कपन सरस्वतीनगरमा पीडितले हरेक दिन प्रदर्शन गरिरहेका छन्। निरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन्। सरस्वती नगर क्षेत्र मंगलबार दिनभर तनावग्रस्त रह्यो। हातहातमा प्लेकार्ड बोकेका प्रदर्शनकारीले हत्यार पत्ता लगाउन, पीडितलाई न्याय दिन माग गरेका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार प्रहरीले सक्रियतार्पुूक अनुसन्धान गरिरहेको छ। घटनामा संलग्नको केही सुराक पनि फेला परेको छ। प्रमाण पूरा भएपछि सार्वजनिक गरिने उनले बताए। ‘अनुसन्धान सही ट्रयाकमा नै छ। अलमल गरेका छैनौं। घटनास्थलमा सिसिक्यामरा नभएको र प्रत्यक्षदर्शी कोही नभएकाले अनुसन्धान केही जटिल भएको हो’, एसएसपी कार्कीले भने। सडकमा भएको सीसीईटीभीको सहयोगले घटनाको समयमा उक्त पसलमा जाने व्यक्तिको अनुसन्धान भइरहेको उनले बताए। 

प्रहरीका अनुसार अर्घाखाँची माइती भएकी निरुले बाग्लुङ बडिगार्डका योगेस आर्चायसंग बिहे गरेकी थिइन्। उनीहरूको १० वर्षकी छोरी छन्। निरुका श्रीमान्ले पनि त्यहीँनजिकै घरायसी इलेक्ट्रोनिक सामानको पसल सञ्चालन गर्दै आएका छन्। 

घटना योजनाबद्ध र नियोजित देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले टोली नै बनाएर अनुसन्धान थालेको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले केही दिनमै हत्यारा सार्वजनिक गर्ने बताए। अनुसन्धानमा सक्रिय प्रहरी अधिकृतका अनुसार घटना योजनबद्ध प्रकृतिको छ। हत्यारा नै प्रयोग गरी घटना गराएजस्तो देखिन्छ। 

जिल्ला प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार प्रहरीले अहिलेसम्म शंकास्पद २० जना बढी व्यक्तिसँग सोधपुछ गरेको छ। निरुको परिवारिक सम्बन्धबारे पनि अनुसन्धान सुरु गरेको प्रहरीको दाबी छ। 

प्रहरीको प्रयास बावजुत पनि हत्यारा पहिचान नहुँदा उक्त क्षेत्र नै तनावग्रस्त बनेको छ। शान्तिसुरक्षाको माग गर्दे स्थानीयवासीले प्रदशन गरिरहेका छन्। प्रदशनमा सहभागी एक स्थानीय भन्छन्, यसरी दिनदहाडै पसलमा मान्छे मारिनु सही संकेत हैन। व्यवसाय गर्ने अन्य सबैलाई डरमर्दो अवस्था छ।  घटनास्थल वरपर मानिसहरू आउन पनि डराउन थाले। सरकारले सबैको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.