वर्षापछि खुल्यो हिमाल

पोखरा : चैत महिनाको अन्तिम सातादेखि तुवाँलोले ढाकिएको पोखराको आकाश शुक्रबार दिउँसो पानी परेपछि शनिबार बिहानैदेखि खुल्ला भएको छ। यसअघि तुवाँलोले गर्दा भिजिबिलिटी घट्दा हवाई सेवा पनि प्रभावित भएको थियो। तुवाँलोको कारण आँखा पोल्ने लगातयका मनाव स्वास्थमा पनि समस्या बढ्दै गएको थियो।
नेपालमा वायु प्रदूषणको मुख्य कारण हावामा आउने धुवाँ, धुलो, औधोगिक कल कारखानाबाट हुने उत्सर्जन, जंगलमा लाग्ने डढेलो लगयात रहेका छन्। दुई ठूलो छिमेकी देशबीचमा रहेकोले नेपालमा दुबै देशबाट हावाले प्रदूषण नेपालसम्म आइपुने भएकोले पनि नेपालमा वायु प्रदूषण बढ्दै गएको वातावरण विज्ञ विनोद भट्टले बताए।
नेपालमा यति बेला चीनबाटभन्दा भारतबाट धुवाँ र धुलो बढी आउने उनले सुनाए। यति बेला भारतमा किसानले पराल डढाउनु, भारत र नेपालका वनहरुमा लागेका डढेलोको कारण तुवालो बढी लागेको उनले सुनाए।
पोखराको फेवाताल किनारमा शनिबार सेल्फी खिच्दै पर्यटक र पृष्ठभूमीमा धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल।
चैत, वैशाख महिनामा लामो खडेरी लाग्दा धुवाँ, धुलो आकाशमा थुप्रँदै जाने भएकोले यो समस्या आएको उनले बताए। विगत ५-६ वर्षदेखि यस्तो समस्या हुँदै आएको पनि उनले बताए। जेठ, असार महिनामा धेरै पानी पर्ने भएकोले हावामा भएको धुलो, धुँवा सफा हुने र अहिलेको जस्तो समस्या नहुने उनले सुनाए।
यस्तै गरी असोज कात्तिकमा पनि पानी पर्ने भएकोले आकाश सफा हुन्छ। प्रदूषण नियन्त्रण र रोगथाम अहिलेको अहिले गर्न नसकिने उनले सुनाए। यसका लागि धुवाँ, धुलो निस्कने स्रोत कम गर्दै जानु पर्ने उनको भनाइ छ। डढेलो लाग्ने क्रम रोक्दै जानु पर्छ।
सवारी सधानबाट हुने प्रदूषण नियन्त्रण गर्नु पर्छ। पुराना सवारी साधानलाई विद्युतीकरण गर्ने, नयाँ ल्याउँदा पनि विद्युतीय सवारी साधान ल्याउने, उद्योगबाट हुने प्रदूण कम गर्दै लग्ने लगायतका विषयमा ध्यान दिनु पर्ने भट्टले बताए।
वायु प्रदूषण मृत्युको प्रमुख कारणमध्ये एक हो। वायु प्रदूषणले मानिसका प्रत्येक अंगलाई असर गर्छ। मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने वायु प्रदूषण नियन्त्रणका लागि सरकार र आम नागरिकले आआफ्नो क्षेत्रबाट लाग्नु पर्ने वातावरण विज्ञको सुझाव छ।
पोखराको फेवाताल किनारबाट शनिबार देखिएको धौलागिरी हिमाल।
प्रतिक्रिया दिनुहोस !
