नेपालीमा मानसिक समस्या बढेकोमा चिन्ता

नेपालीमा मानसिक समस्या बढेकोमा चिन्ता

काठमाडौं : गैरआवासीय नेपाली संघको महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले ‘मध्यपूर्व  क्षेत्रीय स्वास्थ्य सचेतना र सल्लाह कार्यक्रम’ सम्पन्न गरेको छ।  

पछिल्लो समय स्वास्थ्य समस्या र त्यसका कारण आत्महत्याजस्ता गम्भीर घटना बढी रहेकोमा चिन्ता व्यक्त गरे। समस्या सम्बोधनका लागि गम्भीर भएर अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिए।

स्वास्थ्य विज्ञहरू डा.नितेश अर्याल, डा सुमित्रा पाठक, डा निशिता पाठक लगायतका स्वास्थ्य विज्ञहरूले नेपालसहित मध्यपूर्वीय साथै विश्वका विभिन्न क्षेत्रमा देखा परेका स्वास्थ्य समस्याका साथै मानसिक स्वास्थ्यका बारेमा अध्ययनपत्र प्रस्तुत गरे। 

नेपालसहित विदेशमा रहेका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्याको जोखिमको क्रम बढ्दो रुपमा रहेकोप्रति सचेत  गराए। नेपालमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीमा पनि मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको भन्दै उक्त स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए।

विज्ञहरूले मनोपरामर्श, खानपान र शारीरिक व्यायाम, योग, ध्यान लगायतका गतिविधिमा ध्यान दिन प्रोत्साहन गर्नसके समस्या केही हदसम्म समाधान हुने बताए।

विज्ञहरूले महिलाहरूको स्वास्थ्य समस्याका बारेमा प्रस्तुती दिदैं पछिल्लो समय महिलाको पाठेघरभित्र र पाठेघरको मुखको क्यान्सर, अण्डाशयको क्यान्सर बढ्दो क्रममा रहेको बताए।  जनचेतनाको अभावले गर्दा कयौं महिलाको ज्यान जाने गरेकाले व्यापक जनचेतना फैल्याउनुपर्ने बताए। 

सरकार र सरोकारवालासँगको समन्वयमा र योजना बनाएर अघि बढ्नुपर्ने उनको जोड थियो। मध्य पूर्व क्षेत्रका साथै अन्य क्षेत्रमा समस्या रुपमा रहेको क्षय रोगबारे जानकारी दिँदै त्यसको न्युनीकरणमा पहल भएका गतिविधिबारे प्रकाश पारिएको थियो। 

कार्यक्रममा संघका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्षहरू आर के शर्मा, रोबिन्द श्रेष्ठ, यास्मिन बेगम सैयद, उपमहासचिव रामशरण सिम्खडा, महिला सचिब राधिका गुरुङ, सह कोषाध्यक्षहरू अमृता थापा र यमुना भट्टराई, पूर्व महिला संयोजक रजनी प्रधान एनसीसी अष्ट्रीया अध्यक्ष भवानी तिवारी, एनसीसी साउदी अरबिया अध्यक्ष डमर यादव लगायतले धारणा राखे। 

कार्यक्रम संयोजक डा.एलिनी पोखरेल सुवेदीले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरूलाई नै स्वास्थ्यबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रमको थालनी गरिएको बताइन्। नेपालीमा बढ्दै गएको स्वास्थ्य समस्या, आत्महत्या र अन्य विविध कारणले हुने बढ्दो क्रममा रहेको मृत्युदर लगायतको विषयमा ‘हेल्थ फर नेप्लिज बाइ एनआरएन’ परियोजना मार्फत कार्यक्रम गरिएको हो। 

कार्यक्रममा  डा. एलिजा केसी भण्डारीले स्वास्थ्य सचेतना कार्यक्रमका बारेमा प्रकाश पारिन्। टास्कफोर्स तर्फबाट महिला उपाध्यक्ष यास्मिन बेगम शैयद तथा डा. सरिता पाण्डेले बिशेषज्ञहरूलाई प्रशंसा पत्र प्रदान गरिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.