भारतका पूर्वसांसदको गोली हानी हत्या

भारतका पूर्वसांसदको गोली हानी हत्या
सुन्नुहोस्

मुख्यमन्त्री योगी आदित्य नाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गरेका छन्।

प्रयागराज (उत्तर प्रदेश) (एएनआई) : अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानी हत्या भएको छ। पत्रकार बनेर आएका तीन किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद उनका भाइ असरफलाई गोली हानेर मारेका हुन्।     

अस्पतालमा स्वास्थ्य परीक्षण गर्न ल्याइएका अहमद दाजुभाइ अस्पताल बाहिर पत्रकारसँग कुराकानी गरिरहेका थिए। पत्रकारकै बीचमा रहेका ती तीन जनाले उनीहरूका टाउकोमा गोली हानेका थिए। घटना शनिबार राति भएको हो। आक्रमणकारी तीनै जनालाई पक्राउ गरिएको छ।    
 

पूर्वसांसद् राजु पालको हत्यामा दोषी ठहरिएका उनीहरू साबरमती जेलमा कैद भुक्तान गरिरहेका थिए। अतिक अहमदविरुद्ध दुई दशकमा अपहरण, हत्या र जबरजस्ती करणीलगायत दर्जनौं मुद्दा दर्ता भएका थिए। स्थानीय अदालतले उनलाई अपरहण मुद्दामा गत मार्चमा जन्मकैदको सजाय सुनाएको थियो। अतिकले आफूलाई प्ररहीबाट असुरक्षा रहेको बताउँदै आएका थिए।  

अतिक र असरफलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ। दुई दिनअघि अतिकका छोरा असद तथा उनीसँगै रहेका साथी गुलाम मोहम्मद झाँसीमा प्रहरी कारबाहीमा मारिएका थिए। उनीहरूविरुद्ध उत्तर प्रदेश प्रहरीको विशेष कार्यदलले कारबाही गरेको थियो।     

मुख्यमन्त्री योगी आदित्य नाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गरेका छन्।  पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले उक्त घटनालाई अपराधको पराकाष्ठा भनेका छन्। उनले राज्यमा शान्तिसुव्यवस्था कायम गर्न अक्षम भएकामा राज्य सरकारको आलोचना गरेका छन्।     

कांग्रेस नेत्री प्रियंका गान्धी, भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरीलगायत नेताले हत्याकाण्डको निन्दा गरेका छन्। उनीहरूले राज्यमा जंगली राजलाई बढावा दिएको आरोप लगाउँदै मुख्यमन्त्री आदित्यनाथको आलोचना गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.