कांग्रेस उपसभापति गुरुङको माग- कोर टिममा को को छन्? संसदीय छानबिन गरियोस्


काठमाडौं : नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अडियो प्रकरणबारे संसद चुप लागेर बस्न नमिल्ने बताएका छन्। उनले संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष छानबिनको माग गरेका छन्। 

सोमबार संसद बैठकमा बोल्दै उनले अडियोमा भनिएजस्तै कोर टिम को को हो भन्दै प्रश्नसमेत गरे। उनले देशमा भ्रष्टाचार मौलाएको भन्दै सांसदहरूले मन्त्री बनन्कै लागि व्यवसायीसँग पारदर्शी ढंगले मोलतोल गर्नु लज्जास्पद रहेको बताए। 

'अहिले सबैभन्दा खरब चिज भनेको भ्रष्टाचार नै हो। भ्रष्टाचारको उपचार नै छैन भन्ने छैन। त्यसको उपचार भनेको पारदर्शिता हो,' उनले भने, 'विड्म्बनाको कुरा के छ भने प्रतिनिधिसभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नकै लागि कुनै व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेका छन्। योभन्दा लज्जावत के हुनसक्छ। अनि दुधको साक्षी बिरालो बसेको सुन्छु।'

उनले अडियो प्रसंग खोतल्दै भने- त्यो वार्तामा भनिएको छ- कोर टिमलाई बुझाउन पर्छ। त्यो कोर टिम भनेको को हो? त्यसको छानबिन गर्न पर्दैन? यसको छानबिनका लागि भ्रष्टाचार, कमिशनका सम्बन्धमा संसद चुप लागेर बस्न हुँदैन। यही संसद बैठकबाट संसदीय समिति बनाएर निष्पक्ष छानबिन होस् भन्ने माग छ,' उनले भने।

रास्वपाका सांसद ढाका कुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग स्वास्थ्य मन्त्री बन्नका लागि दुई करोड घुस मागेको अडियो आइतबार सार्वजनिक भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.