अमेरिकामा पहिलो अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै

अमेरिकामा पहिलो अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै
सुन्नुहोस्

काठमाडौं : संयुक्त राज्य अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ।

एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको उक्त सम्मेलन आगामी मे महिनाको २७ र २८ तारिखमा अमेरिकाको डलासमा हुनेछ। 

जसमा नेपालसहित अमेरिका, क्यानडा लगायतका मुलुकमा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीहरूको सहभागिता रहने छ।

एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा.सञ्जीव सापकोटाले सम्मेलनमा स्वास्थ्यसँग सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तर्क्रिया गरिने बताए।

उनका अनुसार सम्मेलनको मुख्य उद्देश्य उत्तर र दक्षिण अमेरिकामा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीलाई एउटै ठाउँमा एकताबद्ध गरी उनीहरूबीचको सञ्जाल बनाउनु रहेको छ।

सम्मेलन आयोजक समितिमा डा. प्रकाश श्रेष्ठ, डा. अनुज कँडेल, डा. सरोज नियोला, अन्जु खरेल, डा. बिभा गौतम र डा. किरण सापकोटा रहेका छन्।

सम्मेलनको समापनमा डलास घोषणापत्र जारी गरिनेछ जसमा अमेरिकाका स्वास्थ्य व्यवसायीहरूका लागि कामको आह्वान समावेश हुने पनि अध्यक्ष डा. सापकोटाले बताए।

सम्मेलनमा नेपालबाट प्रमुख वक्ताका रूपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले सहभागिता जनाउने छन्।

उनले सम्मेलनमा नेपालमा विभिन्न क्यान्सरको अवस्था, यसको निराकरणका लागि अपनाउनुपर्ने उपाय लगायतका विषयमा प्रस्तुति दिनेछन्।

सम्मेलनमा कम्तिमा २ हजारभन्दा बढी नेपाली मुलका चिकित्सक र ५ हजारभन्दा बढी नर्सहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.