नेपाल एयरलाईन्स हङकङमा नयाँ नेतृत्व

नेपाल एयरलाईन्स हङकङमा नयाँ नेतृत्व
सुन्नुहोस्

हङकङ: नेपाल एयरलाईन्स हङकङमा नयाँ नेतृत्वले आफ्नो कार्यभार सम्हालेको छ । स्टेशन म्यानेजर अरविन प्रजापतिको नेतृत्वमा एयरपोर्ट म्यानेजर बिजय अधिकारी, फाईनान्स म्यानेजर सुनिल श्रेष्ठले कार्यभार सम्हालेका हुन् । 

नेपाल एयरलाईन्स विदेशी विभागमा खट्ने कर्मचारीहरुको सेवा अवधी २ बर्ष कार्यकाल हुने गर्दछ । 

कोरोना कहरले करिब ४ बर्ष हङकङमा कार्यरत स्टेशन म्यानेजर नवराज उपाध्याय र फाईनान्स म्यानेजर अजय शाह नेपाल फर्किएका छन् । 

उपाध्यायले कोरोनाको विषम परिरिस्थीमा नेपाल र हङकङको कठिन स्वास्थ्य प्रोटोकल, आपतकालिन उडान, उद्धारका उडान, चार्टर उडान लगायतमा आफुलाई साथ र सहयोग गर्ने सम्पुर्ण हङकङ नेपाल एभियसन टिम, ट्राभल्स एण्ड टुर्सलाई धन्यवाद दिए। 

'मेरो कार्यकाल कठिन थियो, सकेसम्म नेपाल एयरलाईन्सको गरिमालाई माथि उठाउन र हाम्रा यात्रुहरुलाई सेवा प्रवाहमा सहजता दिने दृढ उदेश्यका साथ काम गर्यौ,' उनले भने । 
 
नवस्टेशन म्यानेजर प्रजापति भन्छन्, 'हामी अर्जुन दृष्टिका साथ काम गर्नेछौ । नेपाल एयरलाईन्सप्रतिको गुनासो र चुस्त दुरुस्त सेवाको लागि हामी कठिवद्ध छौ।'

करिब ५ घण्टाको नेपाल हङकङ उडानमा, राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाईन्सले हप्तामा २ उडान भरिरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.