मेटाले फेरि १० हजार कर्मचारी हटाउने

मेटाले फेरि १० हजार कर्मचारी हटाउने
फाइल तस्बिर।
सुन्नुहोस्

सो समय कम्पनीले ११ हजार जनालाई जागिरबाट हटाएको थियो । मेटाका प्रमुख कार्यकारी तथा संस्थापक मार्क जुकरबर्गले यो निर्णय निकै कठिन तर आवश्यक रहेको बताए।

क्यालिफोर्निया : फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाले १० हजार मानिसलाई जागिरबाट निकाल्ने जनाएको छ । नोभेम्बर २०२२ पछि मेटाले यति ठूलो संख्यामा मानिसहरूलाई निकालेको यो दोस्रो पटक हो।

सो समय कम्पनीले ११ हजार जनालाई जागिरबाट हटाएको थियो । मेटाका प्रमुख कार्यकारी तथा संस्थापक मार्क जुकरबर्गले यो निर्णय निकै कठिन तर आवश्यक रहेको बताए।

१० हजारलाई जागिरबाट हटाएपछि कम्पनीमा ५ हजार दरबन्दी खाली राखिनेछ । जुकरबर्गले कर्मचारीलाई सन्देशमा  कम्पनीले सन् २०२२ मा आफ्नो राजस्वमा उल्लेख्य गिरावट आएको थाहा पाएपछि झट्का भोग्नुपरेको थियो ।

उनले अमेरिकामा बढेको ब्याजदर, विश्वको अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको बताए ।

जुकरबर्गले कर्मचारीहरूलाई सन्देशमा भने, 'मलाई लाग्छ कि हामी नयाँ आर्थिक अवस्थासँग जुध्न तयार हुनुपर्छ किनभने यो अवधि अलि लामो हुनेछ।'

 
यसअघि गुगल र अमेजन जस्ता ठूला कम्पनीहरूले पनि कर्मचारी हटाएका थिए। 

यस वर्षको सुरुमा अमेजनले १८,००० लाई जागिरबाट निकालेको घोषणा गरेको थियो । ‘कोरोना महामारी’ को समयमा ‘अनिश्चित अर्थतन्त्र’ र अव्यवस्थित रोजगारी सिर्जनाका कारण यस्तो गर्नुपरेको कम्पनीले जनाएको थियो ।

गुगलका मालिक अल्फाबेटले पनि १२ हजार रोजगारी कटौती गरेका थिए ।

कम्पनीहरूमा कामको अध्ययन गर्ने वेबसाइटका अनुसार यो वर्षको पहिलो केही महिनामा मात्रै प्रविधि कम्पनीहरूले विश्वभर १,२८,००० मानिसहरूलाई कामबाट निकालेका छन्। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.