जिल्लास्तरका कार्यकर्ता प्रचण्डविरुद्ध लागे सहकार्य टुट्न सक्छ: आलेमगर (भिडियो वार्ता)


काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता सुरेश आलेमगरले जिल्लास्तरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कांग्रेस कार्यकर्ता लागेको आरोप लगाएका छन्। 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै नेता आलेमगरले केन्द्रमा कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार हुने तर जिल्लास्तरमा विरोध हुने कुरा गलत भएको बताए। 

उनले भने, 'कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री मानिरहने उसका जिल्लास्तरका कार्यकर्ताचाँही फेरि प्रचण्डविरूद्धनै लागिरहने हो भने कांग्रेससँगको सहकार्य टुट्न सक्छ।'

आफूहरू क्रान्तिकारी रहेको काँतर होइन भन्दै उनले भने, ' बलिदानीका लागि तयार छौँ गिरफ्तारीमा डराउदैनौँ। तर नियोजित रूपमा जनयुद्धलाई अपराधीकरण गर्ने प्रपञ्च हुन्छ भने स्वीकार्य छैन।'

द्वन्द्वकालका घटना टुंग्याउन आयोगहरूमार्फत काम अघि बढिरहेका बेला त्यसलाई गिजोल्न अदालत लाग्नु विडम्बनाको विषय रहेको उनको भनाइ छ। द्वन्द्वमा मुलुक फेरि गए यसको दोष दुई न्यायाधीशले लिनपर्ने उनको भनाइ छ।

अब छिटोभन्दा छिटो द्वन्द्वकालीन मुद्दा टुंग्याउन पर्ने उनले बताए। नेता आलेमगरले एमालेलाई बाइपास गरेर कांग्रेस-माओवादी मिलेर मात्र निकास ननिस्कने बताउँदै एमालेलाई पनि साथमा लिनपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.