सेना दिवसमा टुँडिखेलमा यस्तो देखियो (फोटो फिचर)

सेना दिवसमा टुँडिखेलमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भइन्। 

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही-२०७९ वार्षिक पत्रिका र (विसं १८७२-२००७) नेपाली सेनाको इतिहास’को विमोचन गरिन्।

उनले ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी जगनाथ दनाई र दोस्रो हुने सेनानी टेकबहादुर कार्कीलाई पुरस्कार प्रदान गरेकी थिइन्। राष्ट्रपति भण्डारीले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय र बेलायती सेनामा कार्यरत गोर्खा ब्याण्ड समूहका प्रमुखलाई उपहार प्रदान गरेकी थिइन्।

सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस-२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरियो। त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो। समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरियो। कार्यक्रममा मार्चपास, पिटी र तेक्वान्दो प्रस्तुत गरियो। सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे सहभागी थिए। 

तस्बिर : अभिषेक महर्जन र रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.